सिन्धुली,फागुन १० नेकपा माओवादीका उपाध्यक्ष सिपि गजुरेलले प्रधानन्यायाधिसलाई प्रधानमन्त्री बनाउने सहमति गरेर दलहरुले थप संवैधानीक संकट उत्पन्न गरेको आरोप लगाउनु भएको छ । क्रान्तीकारी पत्रकार महासंघ सिन्धुलीले आज आयोजना गरेको कार्यक्रममा गजुरेलले कर्मचारीलाई प्रधानमन्त्री बनाउने दलहरुको सहमतिले थप राजनितीक र संवैधानीक संकट उत्पन्न भइरहेको बताउनुभयो । अर्को प्रसाङमा गजुरेलले यही स्थिती भइरहने हो भने दलहरुले संविधान सभाको निर्वाचन गर्न नसक्ने भन्दै बैशाख सम्ममा त्यस बेलाको परिस्थिती हेरेर आफुहरुले जनसंविधान घोषणा गर्ने पनि बताउनुभयो ।
विदेशीको प्रस्तावका कारण देशमा थप संवैधानिक संकट आएको गजुरेलको दाबी
Read Time:58 Second
