प्रधानमन्त्री डा. बाबुराम भट्टराईको रवैयाप्रति राष्ट्रपति डा रामवरण यादव असन्तुष्ट बन्नुभएको छ । प्रधानन्यायाधीशबारे प्रधानमन्त्री भट्टराईले दिएका पछिल्ला अभिव्यक्ति प्रति राष्ट्रपति यादव असन्तुष्ट बन्नुभएको हो । भट्टराईका अभिव्यक्तिले सहमतिको वाताबरण बिग्रिएको राष्ट्रपति यादवको गुनासो छ । शितल निवासमा आफूलाई भेट्न आएका प्रमुख दलका नेताहरुसँग राष्ट्रपति यादवले गोप्य रुपमा गर्नुपर्ने विषयलाई प्रधानमन्त्रीले छरपष्ट बनाएको भन्दै असन्तुष्टी पोख्नु भएको हो ।
