ठूला चारबिरुद्ध साना २१ दल

Read Time:1 Minute, 27 Second

प्रधान्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्न सहमत भएका ठूला दलले आफूहरुलाई उपेक्षा गरेको भन्दै साना २४ दलले बिरोध जनाएका छन् । नयाँ बानेश्वरस्थित संबिधान सभाको भवनमा बसेको बैठकमा बिघटित संबिधान सभामा सहभागी साना २४ दल सहभागि छन् । चार दलले मुलुकमा सिण्डीकेट लाद्न खोजेको तथा निर्वाचन प्रयोजनका लागि आवश्यकभन्दा धेरै विषयमा संविधान संशोधन गर्न खोजेको भन्दै ती दलका नेताले विरोध जनाएका हुन् । बैठकमा सहभागी नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले चार दलको छलफल पारदर्शी नभएको तथा सबै दलको सहभागिता बिनाको सहमति मान्य नहुने बताउनुभयो । चार दलीय सिन्डीकेटलाई अन्त्य गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनशक्ति पार्टी, संघीय समाजवादी पार्टी, राप्रपा नेपाल, राष्ट्रिय सद्भावना, नेकपा एकीकृत, नेपाल परिवार दल, चुरे भावर एकता पार्टी, सद्भावना आनन्दिदेवी, जनता दललगायतले मोर्चाबन्दी गर्ने तयारी समेत गरेका छन् ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %