
नेपालगन्ज,फागुन ९ गते, नेपाल मगर विद्यार्थी संघ होलिल्याण्ड उच्च मावि इकाई समितिको अध्यक्ष पदमा रामु थापामगर चयन भएका छन । त्यसैगरी उपाध्यक्षमा अनिल घर्तिमगर, सचिव अम्बिका पुनमगर, सह सचिव अशोक रानामगर र कोषाध्यक्षमा भावना आलेमगर चयन भएका हुन् ।
कार्य समिति सदस्यीयमा बिमल रानामगर, शन्देश थापामगर, शन्देश रानामगर, प्रकाश घर्तिमगर, सन्दीप पुनमगर, अमृता रानामगर, नगमा पुनमगर दिपा पुनमगर, रिंकी रानामगर, सविता रानामगर, लक्ष्मी थापामगर, अस्मिता थापामगर, विनिता थापामगर, रेणुका रानामगर, दुर्गा थापामगर, रोहित आलेमगर, दोप बहादुर पुन मगर चयन भएका हुन् ।
जिल्ला अध्यक्ष विशाल रानामगरको अध्यक्षमा भएको उक्त कार्यक्रममा समिति गठन भएपछि चयन भएका विद्यार्थीलाई नेपाल मगर विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष दीपा आलेमगर, मगर संघका सल्लाहकार दुर्गा थापामगरले शुभकामना तथा बधाई दिनु भएको थियो ।
