मगर संघ कतारले ३१ औं मगर दिवस मनाउने

नेपाल प्रवासी मगर संघ दोहा कतारले संघका केन्द्रिय समितीका द्धितिय उपाध्यक्ष शेर बहादुर रोकामगरको संयोजकत्वमा भाग्यशाली उपहार योजनाका साथै कौडा, सालैजो, मारुनी, हुर्रा लगायतका बिबिध सांस्कृतिक र ठेलो फाल्ने, डोरी तान्ने, हाँडी फोर्ने (महिला मात्र) लगायतका खेलकुद कार्यक्रमको साथमा बनभोज कार्यक्रम गरी ३१ औं मगर दिवस २०१३ मार्च ८ शुक्रवारको दिन मनाउन गईरहेको छ ।

यस पटक सहभागीहरुलाई बढी मनोरञ्जनका साथै अन्य कुरालाई ध्यानमा राख्दै बनभोज स्थल अल दोसरी चिडीयाखाना, साहनियालाई छनौटका साथै सम्पुर्ण तयारी पनि गरिसकेको कार्यक्रमका संयोजक रोकाज्युले बताउनुभएको छ । कार्यक्रममा सहभागीहरुलाई सहज होस भन्ने हेतुले दोहाको अलफार्दान, सनैया लगायत बिभिन्न स्थानबाट बसको समेत आयोजकले ब्यबस्था मिलाएको छ ।

सहभागीहरुलाई ब्यबस्थापन गर्न सजिलो होस भन्ने हेतुले कार्यक्रममा सहभागीहरुलाई सम्पर्क गर्ने अन्तिम समय २०१३ मार्च १ तारिक सम्म मात्र समय सिमा पनि तोकेको छ । उक्त दिन भन्दा पछी टिकट बन्द गर्ने जानकारी पनि आयोजक समितीले जानकारी गराउनुभयो । कार्यक्रम आयोजक समितीले समस्त कतारबासी मगर तथा गैरमगर दाजुभाई तथा दिदिबहिनीहरुमा कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल पारिदिन पनि अपिल गरेको छ ।

शरन मगर