सन्दर्भ मगर विद्यार्थी संघको सम्मेलन : होशियार मगर निदाएकाछैनन् !

Read Time:8 Minute, 22 Second

मगर समुदाय देशको ठूलो जातिको रुपमा रहेको छ । यो समुदाय आफ्नै भेषभुषा, कलासंस्कृति र भाषाले सजिएको छ । उसको आफ्नै पहिचान र धरातल छ । उसको आफ्नै महत्व र गहिराई छ । यस्तो अस्तित्वलाई बचाउनुका साथै मगर समुदायको हकहित र भविष्य निर्माण गर्न आफ्ना पाईलाहरु खियाउदै अगाडि बढीरहेका हजारौ युवाहरु छन् । यो लडाईको मैदानमा होमिदा होमिदै भोग र तिर्खा लागेर एक गास खाना र एक मुठी पानी पाउन पनि गाह्रो अवस्था परेको भान हुनेगर्छ । तर यता तिर हाम्रो नजर पुग्न भने सकेको छैन । तैपनी आफ्नो समुदायका निम्ति सर्वश्व दिनेहरुको कुनै पमि छैन ।

        

त्यस्ता सक्रिय र सचेतहरुको  मगर समुदायको प्रयासमा संघसंगठनहरु खोलिएका छन् । जब जब मगर समुदायमा तानाशाह र अधिनायकवाद लादिन थाल्यो तबतब मगर समुदायका केही त्यस्ता हस्तीहरुले समुदायलाई एकजुट बनाउन आफ्नो योगदान दिर्दै आईरहेका छन् । जसले गर्दा मगर संघको जन्म भएको छ त्यसको साथै मगर संघको भातृ संघ नेपाल मगर विद्यार्थी संघको २०५१ सालमा जन्म भएको हो । सोही क्रमदेखि देशभरका मगर समुदायका युवावर्गहरु एकजुट भई आ–आफ्नो हकहितकोलागि योगदान दिइरहेका छन् ।
    नेपाल मगर विद्यार्थी संघको स्थापना कालदेखि नै उसले आफ्नो समुदायमा रहेका मगर समुदायको हकहित र अधिकारको कुरा गर्दै युवावर्गमा शैक्षिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भाषिक, राजनीतिक साथै मगर समुदायको पहिचानको कुरा उठाउंदै आइरहेको छ । यसरी यो समुदायले आफ्नो समुदायलाई हरेक क्षेत्रमा सक्षम बनाउन वर्षमा एक पटक भेला गरी देशभरीका मगर विद्यार्थीलाई प्रतिनिधिमुलक ढंगले समेटेर माथि उल्लेख विषयवस्तुमा छलफल गराउनेगर्छ ।  समय समयमा रचनात्मक र बौद्धिक क्रियाकलाप पनि गर्दै आईरहेको छ ।  सोही अनुसार काम गर्न सक्ने क्षमतावान मगर युवाहरुलाई नेतृत्व तहमा पुरयाउने र पछाडि परेका मगर युवाहरुको अधिकारको सवाललाई माथि उठान गर्न सक्ने त्यस्ता मगर विद्यार्थीलाई संघले  साथ लिदैं आएको छ ।
नेपाल मगर विद्यार्थी संघको विषेश गरी शैक्षिक क्षेत्रलाई उजागर गर्न  र आफ्नो समुदायको पहिचानलाई जोगाई राख्न यो संगठनले विशेष जोड दिएको छ । सोही क्रममा यस पटक भने नेपाल मगर विद्यार्थी संघ राष्ट्रिय विस्तारित बैठक अथवा कार्यशाला गोष्ठिको रुपमा नेपालगन्जमा कार्यक्रम गर्ने भनेर देशभरका मगर विद्यार्थीहरुको प्रतिनिधिमुलक ढंगले बोलाइएको छ । “पहिचान सहितको  संघीयता  बहुसांस्कृतिक शिक्षा र नयां संविधानको पक्षमा राष्ट्रिय विस्तारीत बैठक २०६९”  भन्ने मुल नारा सहित यही २०६९ फागुन २६ र २७ गते नेपालगन्ज नगरीमा देशभरका मगर विद्यार्थीहरु भित्रिने भएको छ । त्यसकारण यो कार्यक्रमलाई भब्य रुपमा मात्र होइन उपलब्धीमुलक ढंगले सफल पार्नु तपाई हामी मगर समुदायको कांधमा आएको छ । यो हाम्रो मगर समुदायको भविष्य र मुलुकको छवि विस्तार विकास हुने ठूलो पर्वको रुपमा पनि लिनु सक्नुपर्छ ।
    मगर समुदायको हकहित र अधिकार जागरण अनि चेतनाको कुरा गरि राख्दा राज्य सत्तामा बस्ने सरकारले टुलुटुलु हेरिराख्नु भने हुंदैन । राज्यसत्तामा बस्ने सरकारले के बुझी दिनु परयो भने सदियौ देखि पछाडि परेका मगर समुदायको स्तरवृद्धि गर्न उनीहरुलाई राज्यको हरेक निकायमा एउटा सक्षम नागरिक बनाउनकोलागि तिनले गरेको सकारात्मक कार्यलाई मलजल गरिदिनु परयो ।
 अरुको अस्तित्वलाई समाप्त पारेर एकात्मकबाद र हैकमवाद लादेर एकलौटीरुपमा राज्यको संरचना बनाउने खलपात्रहरुले गर्दा आज मगर समुदायको अस्तित्व धरापमा परेको छ ।  अपहरित, अल्पज्ञानी, अशिक्षितको नाममा समाजमा दमित हुनु परेको पीडा छ । मगर समुदाय पछाडि पर्नु भनेको यो देश र जनता पछाडि पर्नु हो । त्यसकारण मगर समुदायकोलागि राज्य उदासिन हुनु भनेको मगर समुदायकोलागि मात्र नभई स्वयम राष्ट्रलाई घात गर्नु हो । यस्ता गम्भीर विषयमा सरकार स्वयम जवाफदेहिताबाट पछाडि हट्नु हुँदैन ।
    मुलुकमा नयां क्रान्ति ल्यायौ भनेर छाती फुलाउने र राजनीतिको खेती सहि ढंगले बुझ्न नसक्ने राजनीतिक दलहरुले पनि बुझ्न जरुरी छ, हिजोको संक्रमणकालिन राजनीतिक अवस्थामा मगर समुदायले कति ज्यान गुमाउनु परयो । जनयुद्धमा हजारौ मगर समुदायलाई बलि दिएर प्राप्त राजनीतिक उपलब्धिको कुरा गर्ने अनि व्यवहारमा लागु गर्नपर्दा समावेशीको स्वांग रच्नेहरुको व्भास्तविक रुप हामीले पनि बुझेका छौ ।
मगर समुदाय जाग्न थालेकाछन् । यदि राजनीतिक क्रान्तिको कुरा गर्ने तर मगर समुदायको हकहित र पहिचानको बेवास्ता गर्दै आंखामा छारो हाल्ने काम हुन्छ र राजनीतिक क्रान्तिका नाममा हामी माथि अंकुश लगाईन्छ भने त्यसको विरुद्ध मगर समुदाय चुप लागेर बस्नेछैन । सधै भरि मगर समुदायलाई राजनीतिको नाममा, एकात्मक संरचनाको नाममा, दमित र हेपाहा प्रवृतिको हावी देखाउदै भरिया बनाउन खोज्दछौ भने मगर समुदाय चुप लागेर बस्नेछैन ।
 मगर समुदायको उत्थानको लागि राज्यको मुख्य भूमिका हुनुपर्दछ । स्वयम मगर समुदाय जाग्नु पर्दछ । बांचेर पनि मरेको सिनो जस्तो हुनु हुंदैन । एक दिन मर्नु त छ तर मर्नु भन्दा पहिला घरपरिवार समाज, समुदाय, देश र जनताकोलागि योगदान दिनु सक्नुपर्छ । नेपाल मगर विद्यार्थी संघको राष्ट्रिय विस्तारित बैठक कार्यशाला गोष्ठिलाई सफल पार्न देश विदेशमा रहनु भएका मगर तथा गैरमगर समुदायको साथ र सहयोग हिजोको दिनमा पनि  थियो आज पनि छ र भविष्यमा पनि हुनेछ । जबसम्म मगर समुदाय वा राज्य देखि पछाडि पारिएका वर्ग, जाति, क्षेत्रमा रहेका समुदायहरु एउटा सक्षम नागरिक भई देश विकासको लागि योग्य हुंदैन तबसम्म सबै मिलेर एक अर्कालाई सहयोग, साथ र एकता हुन आवश्यक छ ।
दिपा आलेमगर,नेपालगन्ज

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %