१५ फ्रेबुअरी, हङकङ
सरकारले हङकङका लागि महाबाणिज्यदुतमा अर्थमन्त्रालयका सह–सचिव महेशकुमार दाहाललाई नियुक्त गरेपछि त्यस सम्बन्धमा निर्णय गर्न आदिवासी जनजाति महासंघले भोलि आकस्मिक बैठक डाकेकोछ । त्यसका सल्लाहकार किसन राईको भनाईमा आदिवासी महासंघले राख्दै आएको मागलाई उपेक्षा गरेर दाहाललाई पठाईन थालेपछि यसरी बैठक डाक्नु परेको हो ।
आदिवासी जनजाति महासंघ र जनजाति संघर्ष समितिले हङकङमा जनजाति नै महाबाणिज्यदुत हुनुपर्छ भन्दै आन्दोलन गरिरहेकोछ । यसअघि पनि विनोदकुमार उपाध्यायलाई कालो झण्डा देखाउने र उनलाई कार्यक्रममा नबोलाएर बहिष्कार गरिएकोथियो । तर उपाध्यायले अब उप्रान्त जनजाति नै पठाउन आफुले पहल गरिदिने भनि सहमति गरेपछि उनको बहिष्कार फुकुवा गरिएकोथियो । तर पुन: त्यहि नियति दोहोरिएको भन्दै महासंघले के कसरी प्रतिक्रिया दिने भनि आकस्मिक बैठक डाकिएको बताइएकोछ ।
केहि महिना अघि महासंघले संघीयता विरोधि भन्दै पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई कालो झण्डा देखाएर विरोध गरेकोथियो ।
कन्सुलर विरुद्धको एक्सनका लागि जनजातिको आकस्मिक बैठक
Read Time:1 Minute, 33 Second
