बुटवल ३ फागुन,
अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघ,नेपालका केन्द्रीय महासचिव क्याप्टेन रेशम के.सी.ले बुटवलमा स्थायी पेन्सन वितरण कार्यालय स्थापनाका लागि पहल र्ने बताउंनु भएको छ । बुटवल १२ कालिकानगरस्थित संघको सम्पर्क कार्यालयमा भएको भुपुहरुको भेलालाई सम्वोधन गदैं महासचिव के.सी.ले पेन्सन वितरण कार्यालय स्थापना गर्नका लागि सबै भुपुहरु एकजुट हुंनुको विकल्प नभएको बताउंनु भयो ।
उहांले छरिएर बसेका भुपुहरुलाई संघमा संगठित हुंन पनि अपिल गर्नु भयो ।संघका केन्द्रीय कोषाध्यक्ष रघुनाथ अर्यालको अध्यक्षता,केन्द्रीय सचिव चन्द्रबहादुर महतको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।भेलाले क्याप्टेन दिलबहादुर क्षेत्रीको संयोजकत्वमा ११ सदस्यीय अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघ, नेपाल केन्द्रीय अभिलेख कार्य समिति गठन गरेको छ ।
समितिले भारतीय पेन्सन डकुमेन्ट र नेपाली नागरिकता प्रमाण पत्रमा भएको फरक विवरणका कारण पेन्सन प्राप्त गर्नबाट बन्चित पीडित आश्रीतलाई संघले सम्बन्धित निकायमा डकुमेन्ट सच्याउंन र पेन्सन उपलब्ध गराउंन विशेस पहल गर्ने सचिव चन्द्रबादुर महतले जानकारी दिनुभयो ।
