गोविन्द घर्ति
माघ २९ , नेपाल तामाङ्ग घेदुङ देवदह गाउँ समितिको आयोजनामा २८४९ औं सोनाम ल्होसार रुपन्देहीको देवदह–९ चरेङ्गेमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाल तामाङ्ग घेदुङ देवदह गाउँ समितिका अध्यक्ष डिवि मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल तामाङ्ग घेदुङ्ग रुपन्देहीका सदस्य सुरेश लामा, वडा नागरिक मञ्च देवदह–९ का संयोजक फुलमाया राना, आदिवासी जनजाति पत्रकार संघ रुपन्देहीका अध्यक्ष भिम गुरुङ्ग, देवदह साप्ताहिकका सम्पादक त्रिलोचन दाहाल, तामाङ्ग घेदुङ्गका पुर्व जिल्ला सदस्य शेर जंग तामाङ्ग, एकिकृत माओवादीका मिन बहादुर कुवर, नेपाली काग्रेसका विष्णु राना, नेकपा एमालेका दासीराम सुवेदी, नेकपा माओवादीका झलक प्रसाद पौडेल, नेकपा एकिकृतका बल बहादुर सिंजाली लगायतले बोल्दै राज्यले सवै जातिको जातिय संस्कारलाई संरक्षण गर्नु पर्नेमा जोड दिएका थिए । औपचारिक कार्यक्रम पुर्व धर्म गुरुहरु र तामाङ भेषभुषामा सजिएर चरङे गाउँको विभिन्न स्थान रयाली निकाली परिक्रमा गरिएको थियो । निर्दोष ग्लानको स्वागत र तुफुङ्ग कुमार बम्जनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । यो वर्ष तामाङ्गहरुको सर्पवर्ष भएकोले सर्पवर्गमा पर्ने मानिसहरुले धर्मगुरु लामाहरुबाट विधि पुर्वक पाठपुजा गर्ने गर्दछन ।
