कानूनविद्द्वारा एमाओवादी प्रस्तावको विरोध राष्ट्रपति डा.यादवसँग पनि भेटबार्ता

Read Time:2 Minute, 6 Second

काठमाडौं, फागुन १,कानूनविद्हरुले बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने एमाओवादीको प्रस्तावमा विपक्षी दलहरुले पनि समर्थन गरेकोप्रति विरोध जनाएका छन् । कानूनविद्हरुले आज संयुक्त विज्ञप्ति जारी गरेर एमाओवादीको प्रस्तवमा कांग्रेस, एमलेलगायतका दलहरुले समर्थन गरेको भन्ने सूचनाको आफूहरुले पाएको भन्दै विरोध गरेका हुन् ।

उनीहरुले बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने विषय संवैधानिक परिकल्पनाभन्दा बाहिरको रहेको जनाएका छन् । प्रधानन्यायाधीसलाई प्रधानमन्त्रीको बनाउने विषय शक्ति पृथकिकरणको सिद्धान्त, संविधानवाद, स्वतन्त्र न्यायपालिका विरुद्ध रहेको जनाएका उनीहरुले कानूनीराजको धज्जी उडाई विश्वसामू नेपाललाई लज्जित पार्न खोजेको आरोप लगाएका छन् ।

संविधानविपरितका कार्य रोक्न राष्ट्रपति डा.रामवरण यादवसँग आग्रह गरेका उनीहरुले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सो प्रस्ताव अस्वीकार गर्न सुझाव दिएका छन् । उनीहरुले सोही विषयमा आजै राष्ट्रपति डा.यादवसँग भेटगरी प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने एमाओवादी प्रस्तावको विरोध गरेका छन् । विज्ञप्ति जारी गर्नेमा हरिहर दाहाल, शम्भु थापा, भीमार्जुन आचार्य, नेपाल बार एशोसिएसनका अध्यक्ष हरिकृष्ण कार्की, उपाध्यक्ष टीकाराम भट्टराई र महासचिव सुनिल पोखरेल रहेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %