दीपा आले मगर

नेपालगन्ज माघ २९, “आर्थिक समुन्नति सहितको व्यवसायिक स्वतन्त्रता संस्थागत विकास हाम्रो प्रतिवद्धता” भन्ने मुल नारा सहित नेपालगन्ज उद्योग व्यापार संघको निर्वाचनमा उत्रिएको प्रजातान्त्रिक व्यवसायी समूहले सोमबार ७ बुँदे प्रतिवद्धतापत्र सार्वजनकि गरेको छ ।
फागुन १२ गते हुने निर्वाचनमा प्रतिवद्धतापत्र सार्वजनकि गर्ने पहिलो प्यानल सतिश कुमार अग्रवालको नेतृत्वले व्यवसायिक हक हित सुरक्षा र सम्मान, संस्थागत विकास र सुधार, नीतिगत विषयमा पहल, सामाजिक उत्तरदायित्वप्रतिको प्रतिवद्धता, पेशागत तथा विषयगत संघसंस्थाहरुसंगको सहकार्य, सूचना र सञ्चार पारदर्शिताको आधार र व्यवसायीहरुको प्राज्ञिक विकास र विस्तार भन्ने विषयलाई लिइएको छ । अध्यक्षका प्रत्याशी सतिश कुमार अग्रवालले प्रतिवद्धतापत्र सार्वजनिक गर्दै व्यवसायिक हक हितका लागि कम्पनी रजिष्टारको कार्यालयको शाखा नेपालगन्जमा स्थापना गर्न पहल गर्ने, काठमाण्डौमा सिमित रहेको नेपालको शेयर बजारलाई नेपालगन्जमा नेपाल स्टक एक्सचेन्ज कार्यालयको स्थापनार्थ वातावरण सृजना गरि शेयरमा लगानी गर्ने लगानीकर्ताहरु र शेयर खरिद विक्रि कारोबार गर्न चाहने व्यक्ति एंव व्यवसायीहरुलाई अवसर प्रदान गर्न पहल गर्ने बताउनुभयो ।
प्रजातान्त्रीक प्यानललाई विजय बनाए संस्थागत सुधारमा समेत कायापलट ल्याउने उहांको दावी छ । संघको अल्पकालीन तथा दिर्घकालीन रणनैतिक योजना तथा कार्ययोजना तयार गर्दै संघको भिजन २०७३ कार्यक्रम कार्यान्वयनमा ल्याउने, संघबाट प्रकाशित बुलेटिन र स्मारिकालाई थप गुणस्तरीय बनाउने, उद्योगि ब्यवसायीहरुका लागि सरकारका नया“ नीति ऐन र नियमका बारेमा व्यवसायीहरुलाई जानकारी गराउन संयन्त्र निर्माण गर्नेपनि उल्लेख गरिएको छ । नीतिगत कुराहरुलाईपनि सो समुहले आफनो प्रतिबद्धतापत्रमा समेट्दै रुग्ण उद्योग सञ्चालनका लागि सरकारस“ग पहल गर्ने भएको छ ।
यस्तै सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध हुंदै ब्यापार व्यवसायसंग सम्वन्धी तथा अध्यनका लागि पुस्ताकालयको स्थापना समेत गर्ने भएको छ ।पत्रकार सम्मेलनमा बोल्दै नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेका अध्यक्ष सुनिल कुमार शर्माले सतिश कुमार अग्रवालको प्यानलाई जिताउन सबैमा आग्रह गर्दै सार्वजनिक भएका प्रतिवद्धताहरु कार्यान्वयन गराउन आफ्नो तर्फबाट उक्त प्यानललाई झकझकाउने र प्रतिवद्धता कार्यान्वयन गराउन आफ्नो तर्फबाट पूर्ण रुपमा सहयोग गर्ने बताउनुभयो ।
त्यसैगरी संघका पूर्व अध्यक्ष अच्युत प्रसाईले प्रजातन्त्रको पूर्ण प्रत्याभुति र व्यवसायी र उद्योगिहरुको हक हितका लागि प्रजातान्त्रिक प्यानल सधै अग्रसर भएको जिकिर गर्दै प्रजातान्त्रिक प्यानलनै समावेशी प्यानलको रुपमा अघि सारिनु पर्ने बताउनुभयो । यसैबीच सो समुह सोमवार विहान नागरिक संवाद गरेको अध्यक्षका प्रत्याशि अग्रवालले जानकारी दिनुभयो ।
आप्नो पक्षमा मत पार्नका लागि यसक्षेत्रका नागरिक अगुवाहरुको सुझाव तथा राय संकलनका लागि सोमवार विहान नागरिक संवाद गरिएको हो । यस्तै सो समुहले सोमवार न्यूरोड, घरवारी टोल, र त्रिभुवन चौकका मतदाताहरुस“ग भेटघाट तथा घरदैलो अभियान चलाएको छ । सो समुहले मंगलवार भने परसपुर, डिएसपी रोड, एमपी स्कुल, जमुनाह, भन्सार रोडका ब्यापारीहरुलाई भेटघाट गर्ने भएको छ ।
