बिदेशबाट फर्केका १९ युवा व्यवसायिक गाईपालनमा

Read Time:5 Minute, 6 Second

देब पचभैया,पाल्पा

पाल्पामा बिदेशबाट फर्केका १९ युवाले व्यवसायिक गाईपालन सुरु गरेका छन् । उनीहरुले बिदेशी भूमिमा दुःख गर्नुभन्दा स्वदेशमै केही गरौ भन्ने भावना राखेर गाईपालन गरेका हुन् ।

बौघापोखराथोक, मदनपोखरा, मस्याम, छहरालगायतका गाविसका ती युवा दुध बिक्री गरेरै बिदेशमा भन्दा राम्रो कमाई गर्न सफल भएको बताएका छन् । दुध बिक्रीबाटै मासिक कम्तीमा ३० हजार घरमै बसेर कमाउन सफल भएको उनीहरुले बताए । ‘चारबर्ष बैदेशिक रोजगारमा बिताए तर, खासै उपलब्धि हुन सकेन’ छहरा–८ तिनधारेका ३१ वर्षिय विष्णु पोखरेलले भने, अहिले गाउ“ फर्केर गाईपालन गर्दा छुट्टै आनन्द आएको छ । बिदेशमा अर्काको दुःख गर्नु भन्दा परिवारसंग बसेर काम गर्नु नै बेस लागेको छ ।’ उनले बैदेशिक रोजगारका लागि झण्डै चार वर्ष विताएपनि उल्लेखनीय कमाई नभएको गुनासो गरे । उनको जस्तै अनुभव अन्य युवाको पनि छ । 

युवाले पहाडमा नपाईने भएकाले तराईबाट जर्सी गाई ल्याएर पालेका छन् । पढ्दा पढ्दै बिदेश गएका उनीहरु अहिले पछुतो मान्ने गरेको अनुभव उनीहरुले सुनाए । साउदी अरब, मलेशिया, अफगानिस्तान, कतार, दुबईजस्ता मुलुकमा बसेका युवाले अहिले व्यवसायिक गाईपालनलाई अगाडि बढाएका हुन् । यसरी बिदेशबाट फर्केर गाउ“मा व्यवसायिक गाईपालन सुरु गर्दा जताततैबाट वाहवाहि समेत पाउन थालेका छन् । पश्चिम छहरामा ४० वटाभन्दा बढी जर्सी गाई बिदेशबाट फर्किएका युवाले भित्रयाएका छन् ।

बिदेशको भिसा छाडेका मस्यामका दुर्गा खा“ड पनि व्यवसायिक गाईपालन गर्छन् । उनकै अगुवाईमा मस्यामका विभिन्न स्थानमा ५० बढी जर्सी गाई भित्रिएको छ । मदनपोखराको छापमा उनकै हौसलाले गर्दा ३० गाई भित्रिएका छन् । बौघापोखराथोकमा बिदेशबाट फर्केका युवाहरुको गाईपालन समूह बनेको छ । उनीहरुले गाउ“मा २० बढी जर्सी गाई ल्याईसकेका छन् । ‘बिदेश जान खोज्नेलाई समेत गाईपालनमा लगाएको छु’ खा“डले भने, ‘तीन-चारजनालाई बिदेशबाट फर्केपछि गाईपालन सुरु गराईसकेको छु ।’

मस्याममा गाईपालन गरेका खा“डले तानसेन स्थित श्रीनगर डेरीसंगको सम्झौतामा २५ गाई एक्लै पालेका छन् । पहाडमा उन्नत जातका गाई नपाइने भएकाले उनीहरुले रुपन्देही, कपिलवस्तु र नवलपरासीसम्म पुगेर जर्सीगाई ल्याउ“छन् । गाउ“का युवाहरु विदेशमा होईन स्वदेशमै केहि गरेर बांच्न सक्नेछन् भन्ने उदाहरण उनीहरुले प्रस्तुत गरेको प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष महेन्द्र पाण्डेले बताए । उनका अनुसार बिदेशबाट फर्केर आफ्नै देशमा केही गरौं भन्ने भावना भएका धेरै युवाले व्यवसायिक गाईपालन गरेका छन् ।

जिल्ला पशु सेवा कार्यालयका अनुसार गाउ“मा पशु विकास समुह गठन गरेका छन् । समुहले दुध संकलन र विक्री गर्न सहयोग गरेको छ । गाउ“मा व्यवस्थित गर्न सकियो भने विदेशिएकालाई गाईपालनमा आकर्षण गर्न सकिन्छ भन्ने उदाहरण उनीहरु बनेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख तुलसीराम भण्डारीले बताए । कार्यालयले व्यवसायिक गाईपालनको पकेट क्षेत्र छनौट गरी यस क्षेत्रमा लागेका युवालाई सहयोग गर्दै आएको छ । तर, विगतमा एशियाली विकास बैंकको सहयोगमा संचालित तेस्रो पशु विकास आयोजना र सामुदायिक पशु विकास आयोजनामा सहयोग रोकिदा भने पहिलेजस्तो अहिले सहयोग गर्न नसकिएको उनले बताए । दुर्गम गाउ“मा युवाको उत्साहलाई उपकरण खरिद गोठ (थरी) सुधार, डिफ्रिज खरीद, पशु विमा, क्यान र च्यापकटर जस्ता सामाग्रीका लागि सकेसम्म सहयोग गर्ने गरेको प्रमुख भण्डारीले बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %