देबदहमा पनि लखन थापा स्मृति दिवश मनाइने

Read Time:1 Minute, 36 Second

गोविन्द घर्ति

रुपन्देही नेपाल मगर संघ देवदह गाउँ समितिको बैठक देवदहमा सम्पन्न भएको छ । संघका अध्यक्ष लाल बहादुर दर्लामीको अध्यक्षतामा बसेको बैठकले नेपाल मगर महिला संघ देवदह गाउँ समितिको आम भेला फागुन ३ गते गर्ने निर्णय गरेको छ । भेला सम्पन्न गर्न शोभा कुमारी थापाको संयोजकत्वमा ४ सदस्यीय उपसमिति गठन गरेको छ । जसको सदस्यहरुमा रिता थापा, ईन्द्र थापा, हेमा जर्घा रहनु भएको छ । बैठकले नेपाल मगर संघ जिल्ला समिति रुपन्देही द्धारा बुटवलमा आयोजना गरेको फागुन २ गते प्रथम शहीद क्या लखन थापा १३६ औं स्मृति दिवस भव्यरुपमा सम्पन्न गर्न देवदह क्षेत्रबाट बढि भन्दा जनसहभागिता जनाउने निर्णय गरेको संघका सल्लाहकार दल बहादुर पाईजाले बताउनु भयो । त्यसैगरी बैठकले मगर दिवस (फागुन–१५) देवदह–५, शितलनगरमा भव्यरुपमा मनाउने निर्णय गरेको छ । बैठकले मगर दिवस सम्पन्न गर्न नेपाल मगर युवा संघ देवदहका सचिव हिमाल थापाको संयोजकत्वमा १ सय १ सदस्यीय प्रचारप्रसार उपसमिति गठन गरेको छ । सचिव गोविन्द घर्तिको संचालनमा बैठक सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %