विपक्षी दललाई माओवादीले झुक्कायो:देउवा

Read Time:1 Minute, 6 Second

धनकुट्टा, माघ २५, नेपाली कांग्रेसका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले एकीकृत नेकपा माओवादीले प्रतिपक्षी दलहरुलाई झुक्काएको बताउनु भएको छ । धनकुटामा आज नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा  देउवाले  माओवादीको आग्रहमानै कांग्रेसले प्रधानमन्त्रीका लागि पार्टी सभापति सुशील कोइरालाको नाम दिएको तर एकीकृत नेकपा माओवादीले कुरा फेरेर झुक्काएको आरोपल लगाउनुभयो । देउवाले सहमतिको बाधक एकीकृत नेकपा माओवादी भएको समेत दावी गर्नुभयो ।  पूर्व प्रधानमन्त्री देउवाले एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड दैनिक नयाँ नयाँ प्रपञ्चमा लागिरहेकोले प्रचण्डको कुरामा अव विश्वास नहुने बताउनुभयो । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %