माघ २५.एकीकृत नेकपा माओवादीका उपाध्यक्ष तथा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०–३० बर्षसम्म सरकारमा रहने गरी अघि बढ्नु पर्ने बताउनु भएको छ । मकवानपुरको हेटौडामा जारी सातौ महाधिबेशनको बन्दशत्रमा उपाध्यक्ष भट्टराईले चुनाव वा कुनै प्रकियाबाट सरकार २०–३० बर्ष चलाउने रणनिती तयार गर्नु पर्ने बताउनु भयो । उहाँले उपयुक्त बिकल्प तयार नभएसम्म तत्काल सरकार नछाड्ने समेत स्पष्ट पार्नु भयो । प्रधानमन्त्री भट्टराईले सरकारले धेरै राम्रा काम गर्न खोजे पनि बिपक्षी दलहरुले काम गर्न नदिएको आरोप लगाउनु भयो । यहि सरकारले मात्रै सहिद र जनयुद्धका घाइतेको व्यस्थापन गर्न सक्ने उहाले दावी गर्नु भएको छ ।
माओबादीले ३० बर्ष सरकार चलाउनु पर्छ :प्रधानमन्त्री
Read Time:1 Minute, 0 Second
