मगर समाजमा बुद्ध धर्मको प्रभाव र बिस्तार

Read Time:5 Minute, 40 Second
बम थापा सुर्यबंशी मगर
(Speared of Buddhism and Magars) आजभन्दा २६ सय वर्ष अगाडी लुम्बिनीको नेपालमा एउटा बालक जन्मियो । सुखमय जिन्दकी त्यागेर दुख निवारण र सत्यको खोजीमा निरन्तर लाग्नु भयो । वहाले बोधी ज्ञान प्राप्त गर्नु भयो । अनि गौतमबुद्ध हुनु भयो । वहाको मार्ग लाई बुद्धधर्म भनियो अनि संसार प्रसिद् मानव धर्म कहलियो । यसै क्रममा बुद्धधर्मको प्रचार प्रसार हुदै संसार ढाक्यो । दक्षिण भागमा उत्तरी भारतबाट सुरु हुदै श्री लंका, बर्मा, थाइलेडं इन्डो-चिन हुदै पुर्बी पक्षिम एशियाको देशहरुमा पुग्यो । त्यसपछि हिमालयन राज्यतिर सिक्किम भुटान नेपाल तिब्बत हुदै मंगोलियन अनि एसियाको बीच भाग चिन कोरिया अनि जापान । बुद्ध धर्म भिन्न भिन्न स्थान र समयमा प्रचार प्रसार भएको हुदा मुख्यतय ३ प्रकारका स्कुलहरु छन् | ति हुन् थेरा बाद(THERAVADA),माहायान (MAHAYANA) अनि बज्रयान (VAJRAYANA) । भिन्न भिन्न ठाउँमा प्रचार प्रसार भएको हुँदा भाषा पनि फरक फरक हुन पुगे।MAHAYANA को सस्कृति भाषा हो  भने THERAVADA को पालीभाषा । जस्ले THERAVAD माने उसलाई southern tradition  अथवा दक्षिण tradition भनिन्छ भने जस्ले MAHAYANA मान्छन उसलाई Northern Tradition अर्थात् उत्तरी Tradition भनिन्छ |VAJRAYANA लाई Tibetan Tradition भनिन्छ । अहिले मगरले मान्दै गरेको Southern Tradition अथवा दक्षिण Tradition अर्थात् THERAVADA हो । मगरको सबै कर्मकाण्ड पालीभाषा अर्थात् बुद्धकालमा लोकल भाषा जुन भाषाबाट आज भन्दा २६०० वर्ष अगाडी बुद्धले यहि पाली भाषामा बुद्ध ज्ञान दिनु भयो । बुद्धधर्म नेपालको सबैभन्दा पुरानो आदिकालीन आदिवासी लोक धर्म हो । यो स्वदेशी माटोमा जन्मिएको प्राचिन मानव लोकधर्म हो । बौद्ध धर्म नेपालमा जन्मिए पनि यसले नेपाली माटोमा फुल्ने र फ्रकने हुर्कन सहज मौका प्राप्त गर्न सकेन । किनकी  नेपालका बौद्धिस्टलाई लखेटेर तिब्बती डाडो कटाए ब्रामणहरूले । बुद्ध धर्म प्रति आस्था विश्वास राखने र यसको प्रचार प्रसार गर्ने जो कोहीलाई हिन्दु शासक हरुले निमिट्यान्न पार्ने काम गरे । यस्ता भयावह अवस्थामा मगरहरुले बौद्ध धर्मको प्रचार प्रसार गर्नु र बौद्ध बिहार गुम्बाहरुको निर्माण कुनै सम्भावना थिएन । बुद्ध धर्म प्रतिबन्धित गरियो । देश राज्य र समाजमा पूर्णरुपले हिन्दुकरण गरियो । प्रधान मन्त्री श्री ३ चन्द्र समशेरको पालामा हिन्दुहरु बौद्ध बन्न नपाइने तर बौद्धहरु धर्म परिबर्तन गरेर हिन्दु बन्न पाइने नियम बनाइयो । बुद्ध मुर्ति बनाएको कारण भिक्षु महाप्रज्ञा अमृतानन्द बि. स. १९९३ पौषमा भोजपुर जेलमा थुनिए । पछि उनलाई जेलबाट निकाली देश निकाला गरियो । बौद्ध धर्म ग्रन्थ सम्बन्धी लेखिएका सम्पूर्ण पुस्तकहरु खोजि खोजि जफत गरियो । त्यसलाई डढालेर पोलियो,जलाइयो । बहुदल व्यवस्था को आगमन पछि पनि लुम्बिनीमा लुम्बिनी विकास समिति संग सम्बन्धित गैर बुद्धिस्ट दुइ जना कर्मचारीहरु केदार नेपाल र कपिल भट्टराई ले २८ अगस्त १९९६ का दिन भगवान बुद्ध मुर्तिको मुखमा जुठो सुंगुरको मासु र रक्शी कोचारी दिएर बुद्ध र बुद्ध धर्मको अपमान गरेका थिए । त्यस घटनाको एक बर्ष नपुग्दै ३ जुलाई १९९७ को दिन लुम्बिनीमा जापानी बौद्ध भिक्षु युनाता नवातामे को बिभत्स हत्या गरियो । नेपालमा बौद्ध धर्म लाई कहिले पनि फसटाउन दिइएन । हजारौ वर्ष पछी आज नेपाल मगर बौद्धसेवा समाजद्वारा मगर जातिलाइ बुद्ध धर्म सम्बन्धि चेतना बृद्धि गर्ने कार्य भइरहेको छ । संसार प्रसिद् बुद्धधर्म ज्ञानलाई हामी मगरले बुझने र बन्द दिमागको ढोका खोल्ने प्रयास गरौ । बुद्ध धर्म नेपाली माटोमा जन्मिएको हुर्किएको आदिमकालीन आदिबासी लोकधर्म हो । कागजले बौद्ध हौ भन्ने इतिहास गुमायता पनि अझै कतिपय बौद्धकालिन सस्कार-सस्कृति हाम्रो हराएको छैन । हामी सबैले अनुसरण गरौ । “नमो तस्स भगवतो अरहतो सम्मासम्बुद्धस ।”
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %