काठमाण्डौ,माघ २४,दक्षिण एसियाका एकल महिलाहरुको सम्मेलनले एकल महिलाको समस्या र समस्या समाधानका लागी आवश्यक निति बारेको मस्यौदा तयार पारेको छ । मानव अधिकारको लागी महिला, एकल महिला समुहको आयोजनामा हिजोदेखि राजधानीमा जारी सम्मेलनमा सहभागी १६ देशका प्रतिनिधिको साझा धारणालाई समेटेर तयार पारिएको मस्यौदा संयुतm राष्ट्र संघमा लैजाने र त्यसै मार्फत सवै सदस्य राष्ट्रलाई एकल महिलाको क्षेत्रमा काम गर्न आग्रह गरिने समुहका संस्थापक अध्यक्ष लिलि थापाले सीआईएनलाई जानकारी दिनुभयो । समम्मेलनमा एसियाका एकल महिलाको सामाजिक, आर्थिक र राजनितिक अवस्थाको बारेमा छलफल गरिएको छ । भोली विहान ९ बजे राजधानीमा एकल महिलाको शान्ति र्याली निकालिने र भोली नै सम्मेलन सकिनेछ ।
दक्षिण एसियाका एकल महिलाका लागि आवश्यक निति बारेको मस्यौदा तयार
Read Time:1 Minute, 12 Second
