अपहरणकारी मारेर प्रहरीले गर्यो बालकको उद्धार

Read Time:1 Minute, 17 Second

माघ २३, बिरजंग,विरगञ्जबाट अपहरित एक बालकको उद्धार गर्ने क्रममा भएको दोहोरो भिडन्तमा दुई जनाको मृत्यु भएको छ। भिडन्तका क्रममा प्रहरीले चलाएको गोली लागेर अपहरणकारी रामनाथ गिरीका छोरा संजय गिरी र थर खुल्न नसकेका विन्देश्वर नाम गरेका अर्का एकजनाको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ । भिडन्तमा गोली लागेर प्रहरी जवानहरु  सुर्य बहादुर थापा र बोदा बहादुर तामाङग  घाइते भएका छन् ।  विरगन्जको आदर्शनगरबाट ९ दिन अघि अपहरणमा परेका बालकलाई प्रहरीले भिडन्तका विचबाट पनि सकुशल मुक्त गराएको छ।

आदर्शनगरका व्यापारी अशोक अग्रावालका ८ वर्षिय छोरा श्लोक अग्रवाल, माघ १३ गते घर नजिकैबाट अपहरणमा परेका थिए। प्रहरी उपरिक्षक पिताम्बर अधिकारीको नेतृत्वमा खटिएको टोलीले भेडियारी गाविस वडा ९ गदियानी टोलका रामनाथ गिरिको घरबाट श्लोकलाइ अपहरणमुक्त गराएको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %