दीपा आले २२ मांघ,नेकपा एमालेका प्रभावशालि नेता केपी शर्मा ओलीले देशलाई निकास दिनकालागि सहमतिय सरकारको गठन गरि निवार्चन गराउनुको विकल्प नभएको बताउनु भएको छ । प्रेस चौतारी नेपाल बांकेले आज आफनौ १५ औ स्थापना दिबसको अबसर पारी नेपालगन्जमा गरेको अन्र्तकृया कार्यक्रममा बोल्दै नेता ओलीले बर्तमानसरकारको कानुनी, नैतिक, राजनैतिक तथा सम्वैधानिक कुनैपनि हैसियत नभएकोलेसरकार बिघटन र निर्वाचनमा जानुको विकल्प नभएको बताउनु भएको हो ।बाईट सहमतिय सरकार गठन, लोकतन्त्रको रक्षा र निर्वाचनको निम्ती बाबुराम भट्टराइनेतृत्वको सरकारलाई दवाव श्रृजना गर्न एमाले लगायत विपक्षि दलहरुले आन्दोलनथालेको ओलीले बताउनुभयो ।नेता ओलीले माओबादि पार्टीको स साना कार्यक्रममा प्रधानमन्त्री भट्टराईलेदेशको सम्पती तथा शक्तिको दुरुपयोग गरेको आरोप लगांउदै माओवादीलेमहाधिवेशन अघि गरेको जिल्ला अधिवेशन अधिवेशन नभएर महाधिवेशन प्रतिनिधीछान्ने भेला मात्रै भएको जिकिर गर्नुभयो ।नेता ओलीले प्रेस जगत व्यावसायिक मिसन पत्रकारिताको नाममा अनुपयुक्तमिसनको बाटोमा हिडेर हतियार र मतियार भएको पाइएको भन्दै ब्यबसायिकमर्यादा कायम गर्नका लागि पत्रकारहरुलाई सजग रहन समेत आग्रह गर्नुभयो ।कुनै पार्टी, व्यक्ति तिर नलागेर प्रेस जगतले जनताका विचार र अहिलेकोबास्तविक अवस्थालाई चिर्न का लागि ओलिले सञ्चारकर्मिहरुलाई आग्रह गर्नुभयो ।
प्रेस चौतारी नेपाल बांकेले आज आफनौ १५ औ स्थापना दिबस मनायो
Read Time:2 Minute, 6 Second
