नेपालगन्ज राम्लिमा सयुक्त बिरोधसभा

Read Time:4 Minute, 0 Second

दीपा आले

नेपालगञ्ज २१ मांघ,नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाले एकीकृत नेकपा माओवादीले व्यवहार परिवर्तन नगरे इतिहासबाट नै समाप्त भएर जाने चेतावनी दिनुभएको छ । एमाओबादीका अध्यक्ष पुष्पकमल दाहालले विपक्षी दलहरु प्वाँख उम्रेको कमिलाजस्तै मरेर जाने अभिव्यक्ति दिएकोप्रति लक्षित गर्दै सभापति कोइरालाले आफूहरुको नभई माओवादीहरुकै प्वाँख उम्रेको र उनीहरु नै पतन भएर जाने बताउनुभयो । वर्तमान सरकारलाई बर्हिगमन गर्न भन्दै देशभर विरोध सभा गरिरहेका विपक्षी दलहरुले आज नेपालगञ्जको रामलीला मैदानमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै सभापति कोइरालाले राणा शासन, पञ्चायत र राजा ज्ञानेन्द्रको हबिगत देखिसकेका माओवादी अब पनि सच्चिन नखोजे सिद्धिएर जाने बताउनुभयो । माओवादी सर्बसत्ताबादतर्फ उन्मुख भएकाले आफूहरु बाध्य भएर आन्दोलनमा जानु परेको जिकिर गर्दै कोईरालाले विपक्षीहरुको धैर्यता र सहिष्णुतालाई कम नआँक्न चुनौती समेत दिनुभयो । उहांले वार्ता र संवादका लागि अधिकतम् पहल र प्रयास गर्दा पनि आफूहरुलाई झुक्याउने माओवादीलाई घूंडा टेकाएर लोकतन्त्र रक्षा गर्न आन्दोलन थालेकोउल्लेख गनुभयो । आफूहरु जिम्मेवार भएर प्रस्तुत हुंदा समेत माओवादीले राजनीतिक निकासका लागि गम्भीर नबनी सर्वसत्ताबाद लाद्न अग्रसर भएकाले आन्दोलन थालिएको बताउदै विपक्षी दलहरुलाई षड्यन्त्रको जालोमा पार्न खोज्ने माओवादी आफैं त्यो जालोमा परेको टिप्पणी गर्नुभयो ।

सभालाई सम्बोधन गर्दै नेकपा एमालेका बरिष्ठ नेता केपी शर्मा वलीले माओवादीसंग अहिले अन्तिम किस्ताको लडाईं भइरहेको र त्यसमा आफूहरु सफल हुने दाबी गर्नुभयो । एकदलीय एकाधिकारबादी सत्ता लाद्ने खाज्ने माओवादी सच्चिएर नआएर उनीहरुलाई नै ठूलो पछुतो हुने नेता वलीको भनाई थियो । वलीले माओवादीको अभिष्ट भनेको सरकारमा बसिरहने, र सर्बसत्ताबाद र तानाशाह लाद्न खोजेको बताउदै मुलुकमा निर्वाचनको सुनिश्चितताको लागि आफूहरुले आन्दोलन थालेको बताउनुभयो । उहांले आफुहरुको आन्दोलन कुर्सी प्राप्तिका लागि नभई लोकतन्त्र रक्षाका लागि रहेको स्पष्ट पार्नुभयो ।  माओवादीले निर्वाचन नचाहेको तर यो देशलाई सही निकास दिन निर्वाचनको विकल्प नभएको उहांको जोड थियो ।

त्यस्तै सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय उपाध्यक्ष जनकराज शर्माले भटराई सरकारलाई नफाले सम्म सम्म देशमा संबिधान बन्न नसक्ने ठोकुवा गर्नुभयो । वर्तमान सरकारविरुद्ध आन्दोलनमा रहेका नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपा, नेकपा माले राष्ट्रिय जनमोर्चा , नेकपा माक्सर्ववादी लगायतका १० पार्टीको आयोजनामा नेपालगन्जमा विरोधसभा भएको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %