दीपा आले
नेपालगञ्ज,२२ मांघ । अपहरण तथा बन्धक बनाई फिरौती लिने एक भारतीय नागरिक सहित दुई नेपालीनागरिक लाई बांके प्रहरीले पक्राउ गरेको छ ।पक्राउ परेका तिनै जनालाई आज पत्रकार सम्मेलन मार्फ प्रहरीले सार्बजनिकगरेको छ । भारतको राजस्तान जयपुरमा बस्ने ४० बर्षीय मोहमद अक्रमलाईअपहरणकारीहरुले नेपालगञ्जको पुश्पलाल चोक बाट अपहरण गरेका थिए । अपहरणपस्चात नेपालगन्ज ३ फुलटेक्राका प्रेम केसीको घर भाडामा लिई अक्रमकाआफन्तलाई १५ लाख रुपैया फिरौति मागिएको जिल्ला प्रहरी कार्यालय बांकेलेजनाएको छ । अन्तमा १० लाख रुपैयामा कुरा मिलेपछि फिरौती बापतको १० लाखरुपैयाँ लिई अक्रमलाई त्रिभुवन चोक बाट मुक्त गराएका थिए । घटनाबारे गोप्यसुचना पाए लगत्तै क्षेत्रिय प्रहरी कार्यालय सुर्खेत वडा प्रहरी कार्यालय नेपालगन्जर जिल्ला प्रहरी कार्यालय बांकेले अपहरणकारीलाई पक्रन सफल भएको जिल्लाप्रहरी कार्यालय बांकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक भुपाल भण्डारीले जानकारी दिनुभयो । प्रहरी प्रमुख भण्डारीले घटनाको थप अनुसन्धान भइरहेको भन्दै जिल्लालाई अपराधमुक्त बनाउन प्रहरीले विशेष अभियान चलाएको बताउनुभयो । बन्धक बनाई फिरौती रकम लिएको आरोपमा प्रहरीले विरेन्दनगर नगरपालिका ६ सुर्खेतका हाल भारत बहराईच बस्दै आएका रिजवान अहेमद हलुवाई, भारत बहराइच काजीपुर्वा निवासी, जावेत अहेमद हलुवाई र नेपालगन्ज ३ बस्ने मोहम्मद चंगेज हलुवाईलाइ प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो । पक्राउ परेका अभियुक्तहरुको साथ बाट प्रहरीले नगद ३ लाख ६० हजार रुपैया, मोवाइल तीन थान, सिम तीन थान, धारिलो चक्कु दुई थान, कमाण्डो औठी एक थान, र चाँदीको औठी १ थान बरामद गरि सार्वजनिक गरेको छ ।
