नेपालगँज
माघ २१ इस्लामी संघका पुर्व केन्द्रिय अध्यक्ष नजरुल हसन फलाहीले अहिलेको अवस्थामा हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम बारे ज्ञानको कमीका कारण गलत शन्देश प्रवाह भईरहेको बताउनु भएको छ । इस्लामी संघ नेपाल भेरीले आज नेपालगंजमा आयोजना गरेको हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमकोे प्रतिष्ठा सम्बन्धी एक दिने सम्मेलनलाई सम्बोधन गर्दै फलाहीले हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम शान्तिको प्रतिक हुनुका साथै समस्त मानव जातीको सम्मान गर्न सिकाउनु भएको दावी गर्नु भयो । धर्मगुरु सिकन्दर इस्लाहीले हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको चरित्रलाई मुसलमानहरुले व्यवहारिक प्रयोगमा नल्यासम्म अरु समुदायका व्यक्तिमा रहेको धर्मप्रतिको भ्रम नहट्ने बताउनु भयो ।
