विराटनगरका उद्योगी राठीको शव दार्जिलिङमा फेला

Read Time:52 Second

बिराटनगर,माघ २१ अपहरणमा परेको भनिएका विराटनगरका उद्योगी गंगाविसन राठीको शव भारतको पश्चिम बंगालको दार्जिलिङस्थित रङपोङ भन्ने ठाउँमा फेला परेको छ । राठी २३ दिनअघि  अपहरणमा पर्नु भएको थियो । पश्चिम बङ्गाल प्रहरीले घटनाको बारेमा अहिले केहीबेरमा पत्रकार सम्मेलन गरेर जानकारी दिने तयारी गरेको छ । भारतीय प्रहरीले उद्योगी राठीको अपहरण गरेको अभियोगमा २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गर्दा राठीको शव फेला परेको हो । व्यापारिक कामको लागि सिलिगुढी जानु भएका राठी उतैबाट अपहरणमा परेको बताइएको छ । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %