एकीकृत माओवादीको महाधिवेशनको उद्घाटनसत्र सम्पन्न

Read Time:2 Minute, 36 Second

हेटौडा

माघ २१, एकीकृत माओवादीको सातौं महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएको छ । मकवानपुरको हेटौडामा भएको उद्घाटनसत्रमा बिभिन्न राजनीतिक दलका प्रतिनिधि तथा कुटनितिक नियोगका प्रतिनिधिहरुले शुभकामना दिएका छन् । पार्टीको महाधिबेशनको उद्घाटन गर्दे अध्यक्ष प्रचण्डले महाधिबेशनले सबैलाई मान्य हुने अफर ल्याउने बताउनुभएको छ । पार्टी उपाध्यक्ष बाबुराम भट्राईले जेठमा चुनाब हुने सहमति भए जो सुकैलाई प्रधानमन्त्री मान्न तयार रहेको बताउनुभएको छ । उद्घाटन समारोहमा शुभकामना मन्तव्यदिदै एमाले उपाध्यक्ष बाम देब गौतम, काग्रेस उपसभापति रामचन्द्र पौडेल, राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सुर्यवहादुर थापा लगाएतले  औपचारिक पत्र र कार्यत्रले मात्र देशको राजनीति धान्न नसक्नेभन्दै नेतृत्व वर्गमा जारी असमझदारी कम गर्ने दिशातर्फ महाधिवेशन अघि बढ्नुपर्ने बताउनुभयो । बिग्रँदो राजनीतिक अवस्थामा भइरहेको प्रमुख दलको महाधिवेशन भएकोले स्वदेशमा सबै जनता र बिदेशले समेत गहिरो ढंगले नियालिरहेकोले मुलुकको हितमा उचित निर्णय गर्न आग्रह गरेका छन् । नागरिक समाजका अगुवा दमननाथ ढुंगानाले अहिले पनि संविधानसभाले संविधान बनाउन नसकेको स्मरण गराउँदै सात सालदेखिको चाहना पूरा गराउनको लागि एकीकृत माओवादीले गम्भीर भएर सोच्ने बेला आएको बताउनुभयो । माओवाद र लोकतन्त्र सँगसँगै अघि बढ्न नसक्नेभन्दै उहाँले यो महाधिवेशनको सन्देश आजको माओवादी कुनै लोकतन्त्रवादी भन्दा कम छैन भन्ने खालको हुनुपर्ने बताउनुभयो । एमाले, काङ्ग्रेस लगायतका राजनीतिक दलका नेताहरु पनि उद्घाटन सत्रमा उपस्थित भएका थिए। बिभिन्न मुलुकका राजदूत र कुटनितीज्ञहरुको पनि महाधिवेशनको उद्घाटनसत्रमा सहभागिता रहेको थियो  । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %