मगर अध्ययन केन्द्रको दशौं वार्षिकी

Read Time:1 Minute, 15 Second

मगर अध्ययन केन्द्रको दशौं वार्षिक उत्सव सम्पन्न भएको छ । ललितपुरको जावलाखेलमा माघ २० गते एक समारोह आयोजना गरेर वार्षिक उत्सव मनाइएको हो ।

कार्यक्रममा इन्टरनेसनल युनियन फर कनजर्भेसन अफ नेचरका नेपाल प्रतिनिधि याम मल्लले कम्युनिटी फरेस्ट्रीः अ कि स्ट्राटेजी फर सेक्युरिङ सस्टेनेबल लाइभलीहुड एण्ड इनभाइरोनमेन्टल प्रोटेक्सन इन नेपाल विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । मल्लद्वारा प्रस्तुत कार्यपत्रमाथि सहभागीहरुले खुल्ला छलफल गरेका थिए ।

केन्द्रका अध्यक्ष डा. गोविन्दप्रसाद थापाले शोधमाला जर्नल सार्वजनिक गरे । केन्द्रले मगरसँग सम्बन्धित विषय समेटेर अर्धवार्षिक रुपमा शोधपाला प्रकाशन गर्दै आएको छ ।  कार्यक्रममा केन्द्रका उपाध्यक्ष गुप्तबहादुर रानाले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %