
पुन भिन्दै हुन्, अन्य थरहरु भन्दा सबै फरक छ । यसैले पुन मगर होईन छुट्टै जाति हो त्यसैले पुनहरु एक भई मगरबाट फुटाउनुपर्छ भन्दै घाँटी जोड्नेहरु नै आफुआफुमा मारामारी गरेर जगहँसाई गरेकाछन् । त्यहि आन्दोलन गर्दे आईरहेको पुन समाज नेपालको दोश्रो महाधिवेशन चर्काे विवाद र झडपका कारण निष्कर्षविहिन रुपमा सकिएकोछ । महाधिवेशन हलभित्र करिव हात हालाहालको अवस्था श्रृजना भएको बताईन्छ । २९ जनवरी देखि पोखरामा शुरु भएको पुन समाजको महाधिवेशनमा यसपालि पुन मगर थर होईनन् छुट्टै जाति हुन् भन्ने समुहले निकालेको विवादले ठुलो झगडाको रुप लिएकोथियो । महासचिव खिमन सेर्वुजा लगायतका म्याग्दी जिल्लाका केहि प्रतिनीधिहरुले यसपालि महाधिवेशनबाट पुनलाई मगरबाट छुट्टयाउने रणनीति अनुरुप तयारीका साथ प्रस्तुत भएकाथिए । तिनले २०५२ सालयता पुन मगर होईनन् छुट्टै जाति हुन् भन्दै लविगं गरिरहेकाछन् । त्यसैले तिनले आदिवासी जनजाति महासंघका महासचिव आगंकाजी शेर्पालाई प्रमुख अतिथि बनाएकाथिए । यद्यपि ति शुरुमा अर्थमन्त्री बर्षमान पुनलाई प्रमुख अतिथि बनाउन उनकै कार्यकक्षमा पुगेको अर्थमन्त्रीका किचन क्याविनेटका एक सदस्य बताँउछन् । तर रुकुमका बाठा अर्थमन्त्री पुनले म्याग्दीका केहि ब्यक्तिले थालेको जाति टुक्रयाउने लविगं बुझेकोले त्यहाँ गएर विवादमा परिन्छ भन्ने ठानेर नजान अर्के बहाना गरेको उक्त श्रोत बताँउछ । त्यसपछि शेर्पालाई डाकिएकोथियो । किनकी गत साल पुनलाई छुट्टै आदिवासी समुदायमा सुचिकृत गर्नुपर्छ भन्दै आन्दोलन गरिएकोथियो ।
औपचारिक कार्यक्रमको उद्घाटन सत्रमै युके प्रतिनीधि तेज राम्जालीले भाषणको क्रममा पुनहरु मगर नै हुन भन्दिएपछि उनीहरुको मनोबल केहि खस्किएकोथियो । त्यसपछि बन्द सत्रमा पुन हकहितका अरु ऐजेण्डामा प्रवेश गरेर छलफल नचलाईकनै पुनलाई मगरबाट छुट्याई आदिवासी महासंघमा दर्ता गराउनुपर्छ भन्दै खिमनहरुको करिब ३० जना जतिको टोली उफ्रन शुरु गरेकोथियो । तर मगर नै हौं भन्नेहरुको महाधिवेशनमा भारी बहुमत भएपछि यो विवादले झगडाको रुप लिएकोथियो । ति हाथापाईको स्थितिमा उत्रिएकाथिए । बहुमतले कार्यसमितिका केहि ब्यक्तिहरुको योजना तुहाईदिएपछि ति झगडा गर्ने स्तरमा ओर्लिएकाथिए । हाम्रा पोखरा प्रतिनीधि मुसहागं झेडीका अनुसार, महाधिवेशनमा उठेको यो तल्लोस्तरको विवाद पोखरा भर फैलिएकोथियो । पोखरामा केहि ब्यक्तिहरुले एक करोड पाउने शर्तमा आदिवासी आन्दोलनलाई कमजोर बनाउन त्यो समुहले यस्तो गरेको र तिनले महाधिवेशन गर्न त्यो समुहसंग केहि रकम पहिल्यै हात पारेको समेत हल्लाले बजार तताएकोथियो । झेंडी भन्छन्, यसले हाम्रो समुदायलाई अरु जातिले हर्ने दृष्टिकोणमा समेत नकारात्मक असर पार्ने संभावना छ ।
पुन मगर होईनन् भन्ने समुहको नेतृव गर्ने महासचिव सेर्बुजा विवादास्पद ब्यक्ति हुन् । दश पढेका यी ब्यक्ति हाल स्वदेशमा बन्देज गरिएको नेटवर्क धन्दासंग सम्बद्ध छन् । ठुलो ठगी धन्दा गर्ने युनिटी नेटवर्क र त्यसैगरि अर्काे नेटवर्क विजनेश डिएक्सएनका उनी नेता हुन् । त्यसमा संलग्न भएका कारण उनी स्थानीय प्रशासनको ब्ल्याक लिस्टमा समेत छन् भनिन्छ । यिनले सयौं पुनहरुलाई यो संस्थाको दुरुपयोग गरेर गैरकानुनी नेटवर्क धन्दामा लगाएकाछन् । एक जना महाधिवेशन प्रतिनीधिको भनाईमा पुन समाज नेपाललाई नै उनी सम्बद्ध नेटवर्कको सदस्य बनाउने भनेर उनले बैठकमा समेत कुरा उठाईसकेकाछन् । यी ब्यक्ति म्याग्दी जिल्लाका केहि गाविसका केहि ब्यक्तिहरुलाई उचालेर किन पुनलाई मगरबाट छुट्याउन खोजिरहेकाछन् भन्ने चासो महाधिवेशनमा उठाईएकोथियो । किनकी सेर्बुजाले आफुलाई पुन नै ठान्दैन । सेर्बुजा समाज नेपाल नामक संस्थाले आफुहरु मगरको एउटा थर हौं तर पुन होईनौ भन्दै हिंडिरहेकोछ । त्यसैले केहि पुन मगरले यी स्वंय पुन नभएकोले पुनलाई मगरबाट कसैको उक्साहटमा फोड्न खोजेको हुनसक्ने गाईगुई पनि हलमा चलाएकाथिए । जातिको रुपमा मान्यता दिलाउन शक्ति प्रदर्शन गर्न जरुरी रहेको भन्दै महाधिवेशनको रयालीमा हरेक पुनहरुका घरमा गई जसरी भएपनि आउन उर्दी जारी गरिएकोथियो । पुरै परिवारका सदस्य आउन उर्दी गरिएकोथियो । नआउनेलाई जनही ५०० का दरले जरीवाना तिर्नुपर्ने डर देखाइएको सहभागीहरुको गुनासो थियो । तर यति गर्दा पनि तिनको पक्षमा बहुमत नदेखिएपछि आफ्नो अभिष्ट पुरा हुने छाँट नदेखेपछि त्यो समुहको हुल हुज्जत शुरु गरेकोथियो । उनीहरुले महाधिवेशनको औचित्य छैन भन्दै ववाल गरिदिएपछि कुनै निर्णयबिना महाधिवेशन रद्द गरिएकोछ ।
सम्बन्धित समाचारहरु यहाँ छ
पुन समाज नेपालमा द्धन्द्ध ,पुन मगर हैनन् भन्नेहरु अल्पमतमा
मगर भाँड्ने कथित ‘पुन’ राजनीति
‘मुर्खहरु इतिहास बंग्याउन चाहन्छन्’
बहुलाएको कुकुरले टोकेकाहरुले फैलाएको हल्ला हो
