चिनियाँ राजदूतद्वारा राष्ट्रपतिसँग विदाइभेट

Read Time:1 Minute, 1 Second

माघ २० कार्यकाल नसकिदै स्वदेश फर्कन लागेका नेपालका लागि चिनिया राजदूत याङ होउलानले आज राष्ट्रपति डा रामवरण यादवसँग विदाई भेट गर्नु भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज भएको राष्ट्रपति यादवसँगको भेटमा राजदूत होउलानले नेपाललाई चिनियाँ सहयोग जारी रहने जानकारी गराउनु भएको थियो । राष्ट्रपति यादवले भने होउलानलाई दुई मुलुकको आपसी हित र द्धिपक्षीय सम्वन्ध विस्तारमा खेलेको भूमिका महत्वपूर्ण रहेकोभन्दै धन्यवाद दिनु भएको थियो । राजदूत होउलानले प्रधानमन्त्री डा बाबुराम भट्टराई,अर्थन्त्री वर्षमान पुन, प्रधानसेनापति गौरबशम्सेर राणा लगायतसँग यसअघिनै भेट गरिसक्नु भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %