हेटौडा, २० माघ सत्तारुढ एमाओवादीको सातौं महाधिवेशन आज देखि मकवानपुरको हेटौंडामा सुरु हुँदैछ । महाधिवेशन २१ बर्ष पछि हुन लागेको हो । सम्मेलनको उद्घाटन अध्यक्ष पुष्पकमल दाहालले गर्ने छन् । करीव ३५ सय प्रतिनिधि सहभागी हुने सम्मेलनको उद्घाटन सत्रमा तीन लाख कार्यकर्ता उतार्ने एमाओवादीको दाबी छ । हेटौडा बजार सिंगारेको एमाओवादीले झण्डा, तुललगायतका सामाग्री राखेर सजाएको छ । घरका भित्ता र पर्खालहरुलाई नारावाजी लेखेर एमाओवादीले सजाएको छ । करीव दुई हजार पूर्व लडाकुलाई स्वयं सेवकका रुपमा राखिएका छन् । महाधिवेशनको सुरक्षा सुरक्षाकर्मी र वाईसियलले गर्ने छन् । उद्घाटन सत्रमा विपक्षी दलहरु कांग्रेस, एमालेलगायतका दलहरु पनि शुभकामना दिन जाने कार्यक्रम छ ।
