काभ्रे,माघ १९
नेपाल पत्रकार महासंघले सुनियोजित रुपमा काभ्रेमा पत्रकारमाथि आक्रमण भएको निष्कर्ष निकालेको छ , एकीकृत माओवादी काभ्रेको दोस्रो जिल्ला अधिवेशनका क्रममा गत सोमबार वाईसिएल कार्यकर्ताको कुटपिटबाट घाइते पत्रकारहरुको अवस्था बुझ्न काभ्रे पुगेको नेपाल पत्रकार महासंघको केन्द्रीय टोलीले सुनियोजित रुपमा वाईसिएलले पत्रकारमाथि आक्रमण गरेको निष्कर्ष निकालेको हो । स्थलगत अध्ययन पछि महासंघ अध्यक्ष शिब गाउलेले बनेपामा पत्रकारमाथि भएको आक्रमणका लागी माओवादीले माफी माग्नुपर्ने बताउनुभयो । गाउलेले आक्रमणबाट घाईते भएका पत्रकारको उपचार सरकारले नै गर्नुपर्ने उल्लेख गर्नुभयो । अध्यक्ष गाउ“लेले सरकार र सत्ताको आडमा पत्रकारमाथि भएको आक्रमणको श्रृखला एमाओवादीले नरोके महासघले अन्तर्राष्टिय समूदाय गुहार्ने चेतावनी दिएका छन् । अधिवेशनको रिपोर्र्टिङका लागि गएका पत्रकारहरुलाई वाईसीएल कार्यकर्ताले आफ्नो पार्टीबिरुद्ध समाचार लेखेको भन्दै कुटपिट गरेका थिए । कुटपिटबाट घाइते ६ पत्रकारमध्ये कृष्ण न्यौपानेको अवस्था गम्भीर छ ।
