राष्ट्रिय महिला फुटबल टोलीका सदस्यहरुलाई जनही ५० हजार

सरकारले साफ महिला च्याम्पियनसिप फुटबलको उपविजेता राष्ट्रिय महिला फुटबल टोलीका सदस्यहरुलाई जनही ५० हजार दिने निर्णय गरेको छ । सिहदररबारमा आज बसेको मन्त्रीपरिषद बैठकले  प्रोत्साहन स्वरुप भन्दै टोलीका सदस्य र प्रशिक्षकलाई जनही ५०–५० हजार दिने निर्णय गरेको हो । श्रीलंकाको कोलम्बोमा सम्पन्न साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा भारतसँग तीन एकले पराजित हुँदै नेपाल उपविजेता बनेको थियो । जमुना गुरुङको नेतृत्वमा रहेको २० सदस्यीय टोलीको प्रशिक्षकमा किशोर केसी र कुमार कटवाल थिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %