गोविन्द घर्ति
देवदह माघ १८ , पार्टीको कामलाई कार्यकर्ताहरुले महत्वका साथ अगाडि बढाउनु पर्नेमा नेकपा एमाले रुपन्देहीका अध्यक्ष भोजप्रसाद श्रेष्ठले जोड दिनु भएको छ । नेकपा एमाले क्षेत्र नं १, रुपन्देहीको देवदहमा भएको वैठकमा वौल्दै अध्यक्ष श्रेष्ठले अहिले घोषित संयुक्त आन्दोलन राष्ट्रिय स्वाधिनताका लागि भएकाले सम्पुर्ण कार्यकर्ताहरु आन्दोलनमा सहभागी हुनु पर्ने बताउनु भयो । अध्यक्ष श्रेष्ठले अहिलेको सरकार भ्रष्टाचारको अखडा बनेको दावी गर्दै नागरिकको अधिकार स्थापित गर्न आन्दोलनको आवश्यकता रहेको औल्याउनु भयो । क्षेत्रिय अध्यक्ष वेद गिरीको अध्यक्षतामा भएको वैठकमा पार्टीका राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य डा. कृष्ण न्यौपाने,जिल्ला सचिव तुल्सी चौधरी,जिल्ला सदस्य एवम क्षेत्रनं १ का ईञ्चार्ज धु्रव खरेल,जिल्ला सदस्य सिद्धीचरण भट्टराई,सैलेन्द्र उपाध्याय,जागेश्वरी चौधरी, ऋर्षिराम सापकोटालगायतले वोल्दै अहिले जारी आन्दोलनमा नेकपा एमालेले शसक्त भुमिका निभाउनु पर्ने बताउनु भएको थियो । वैठकले पार्टी जिल्ला कमिटीले तय गरेको ३ महिने कार्ययोजनालाई पुर्ण रुपमा लागु गर्ने, माघ २६ गते सम्म क्षेत्र भरीका १२ वटै गाविसको गाउं कमिटीको वैठक सम्पन्न गर्ने ,फागुन ११ गते देखि वुटवलमा हुने युवा संघ नेपालको महाधिवेशनलाई सम्पन्न गर्न पार्टीको तहबाट सहयोग गर्ने निर्णय गरेको छ । त्यसै गरि वैठकले पार्टीको रिक्त रहेको सचिव पदको जिम्मेवारीलाई पुरा गर्न क्षेत्रिय कमिटीका सदस्य प्रकाश अर्याललाई कार्यबाहक सचिवको जिम्मेवारी दिने निर्णय गरेको अध्यक्ष वेद गिरीले जानकारी दिनु भएको छ ।
