माघ १८ सर्लाही, हरिवन दलित कोटाबाट लोकसेवामा नाम निकालेका सर्लाहीको खोरिया गाविसका अनिल ठाकुरको नियुक्ति रोक्न प्रक्रिया अघि बढाईने भएको छ । दलित कोटाबाट विद्युत प्राधिकरणमा तृतिय श्रेणीमा नाम निकालेका ठाकुर दलित नपर्ने प्रमाणित भएपछि राष्ट्रिय दलित आयोगले नियुक्ती रोक्न प्रक्रिया अघि बढाउने भएको हो । ठाकुर दलित नभएको दाबीसहित पूर्णबहादुर विकले दलित आयोगमा मुद्दा दिएपछि स्थलगत अनुगमनका लागि आयोगका सदस्य सचिव भुवन सुनार नेतृत्वको टोली सर्लाही आएको थियो । स्थानीय दलित संघ संठनका अगुवासमेतको सहभागितामा आयोगका सदस्य सचिव सुनार ठाकुरका विषयमा सत्य तथ्य बुझ्न आज सर्लाही जिल्ला प्रशासन कार्यालय पुग्नु भएको थियो । त्यसक्रममा प्रमुख जिल्ला अधिकारी सागरमणि पराजुलीले ठाकुर दलितमा सूचिकृत नभएको समुदाय भएको स्पष्ट पार्दै त्रुटिवश दलितको सिफारिस दिईएको हुन सक्ने बताउनु भएको टोलीमा संलग्न नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका जिल्ला अध्यक्ष राजेश पासवानले जानकारी दिनुभयो । साथै उहाँले यस सम्बन्धमा गृह मन्त्रालयलाई पत्र पठाई नियम अनुसार कार्वाही अघि बढाउन अनुरोध गरिने बताउनु भएको पासवानले बताउनुभयो । टोलीका अनुसार ठाकुरले २०६६ सालमा तत्कालिन प्रमुख जिल्ला अधिकारी बलिराम सिंहबाट दलितको सिफारिस लिएको पाईएको छ ।
दलितको नाममा लोक सेवामा नाम
Read Time:2 Minute, 5 Second
