माघ १७ ,शान्ति तथा पुनःनिर्माण मन्त्री टोप बहादुर रायमाझीले बिपक्षी दलको अर्कमण्यताको कारण बैशाखमा निर्वाचन हुननसक्ने बताउनु भएको छ । जनकपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले सरकारले जेष्ठमा संविधान सभाको निर्वाचन घोषणा गरे पनि बिपक्षीहरुले निर्वाचन नचाहेका कारण बैशाखमा निर्वाचनको सम्भावना टरेको बताउनु भएको हो । अहिलेको राजनीतिक अस्थिरताले गर्दा चुनावको आधार टरीसकेको दावी गर्नु भयो । मन्त्री रायमाझीले आफ्नो पार्टी संविधानसभा निर्वाचनको लागि प्रतिबद्धत रहेको भन्दै संविधानसभाबाटै पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान निर्माण हुनु पर्नेमा पनि जोड दिनु भयो ।
बैशाखमा निर्वाचन हुँन सक्दैनःमन्त्री रायमाझी
Read Time:1 Minute, 3 Second
