चलचित्रकर्मीहरु आजबाट माग पुरा गराउन आमरण अनसनमा बस्दै

Read Time:1 Minute, 25 Second

माघ १६, बिभिन्न माग राख्दै लामो समयदेखि रिले अनसनमा रहेका चलचित्रकर्मीहरुले आजबाट आमरण अनसन सुरु गरेका छन् । आमरण अनसनमा ७ जना चलचित्रकर्मीहरु बसेका छन् । चलचित्र बिकास बोर्डको अध्यक्ष तत्काल नियुक्ती, बक्स अफिसको व्यवस्था लगायतका माग राखी आन्दोलित बनेका चलचित्रकर्मीहरु सरकारले बोर्डको अध्यक्षमा चलचित्र क्षेत्रभन्दा बाहिरको व्यक्ति नियुक्त गरेको भन्दै थप आन्दोलित बनेका हुन् । प्रधानमन्त्री डा. बाबुराम भट्टराई समक्ष बोर्डको अध्यक्षमा सक्षम व्यक्ति नियुक्त गर्न माग गरेको केहि घण्टामै मन्त्रिपरिषद् बैठकले मैथिल तथा भोजपुरी चलचित्रका निर्माता धर्मेन्द्र मरवैता पप्पुलाई नियुक्त गरेको थियो । आजबाट हलहरुमा चलचित्र भने चल्न दिने बताईएको छ । आज दिउँसो पत्रकार महासंघ तथा नागरिक समाजका अगुवाहरुलाई बोलाएर आन्दोलनबारे जानकारी दिई अनसन सुरु गरिने चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्काले जानकारी दिनु भयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %