नेपाल मगर महिला संघ केरवानीको अध्यक्षमा उमाया थापा मगर

Read Time:2 Minute, 56 Second

गोविन्द घर्ति रुपन्देही

नेपाल मगर महिला संघ केरवानी गाउँ समितीको तेश्रो गाउँ अधिवेशन केरवानी ४ ढिकारमा सम्पन्न भएको छ । उक्त अधिवेशनले उमाया थापाको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा शुष्मा थापा, सचिवमा दिल माया सिंजाली, सहसचिवमा कल्पना थापा र कोषाध्यक्षमा बालकुमारी थापालाई चयन गरेको छ । अधिवेशनले हिरा थापा, जसमाया थापा, रनमाया थापा, दिलमाया थापा, कुमारी दर्लामी, प्रेममाया पचभैया, ज्ञानु सारुलाई सदस्यमा चयन गरेको छ  । उमाया थापाको अध्यक्षता, शुष्मा थापाको स्वागत र  नेपाल मगर महिला संघ रुपन्देहीका जिल्ला उपाध्यक्ष चन्दा थापाको प्रमुख आतिथ्यतामा  भएको कार्यक्रममा नेपाल मगर संघ रुपन्देहीका अध्यक्ष दल बहादुर विरकट्टा, बम बहादुर थापा, थम बहादुर बुढाथोकी विर बहादुर थापा, बेद बहादुर थापा, धन बहादुर थापा, होम बहादुर डिशुवा मगर लगायतले बोल्नु भएको थियो । लिलामाया थापाको सञ्चालनमा भएको कार्यक्रममा मगर सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । त्यसैगरी  नेपाल मगर महिला संघ केरवानी–३ पेटवनियाको भेला सम्पन्न भएको छ । भेलाले दिलमाया सिंजालीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा यम कुमारी राना, सचिवमा कृति सारु, कोषाध्यक्षमा दुगर्म मगर र सहसचिवमा डमन्ती गाहा रहनु भएको छ । अन्य सदस्यहरुमा ज्ञानु सारु, रिता सारु, सरस्वती थापा, हुम कुमारी थापा, माया थापा, यममाया लामकाहा रहनु भएको छ । भेलाले दल बहादुर विरकट्टा, धन बहादुर थापा, मिना सारु, ईनुदेवी आलेलाई सल्लाहकारमा चयन गरेको छ । मिना रानाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीका सदस्य होम बहादुर डिसुवा, केरवानी गाउँ समितिका अध्यक्ष थम बहादुर बुढाथोकी, मगर महिला संघ केरवानीका उपाध्यक्ष उमाया थापा, धन बहादुर थापा, सन्त बहादुर सारु, लिलामति थापा लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %