देब पचभैया
पाल्पा,माघ १३,आज पौष शुक्ल पूर्णिमा । आजदेखि एक महिनासम्म सम्पूर्ण हिन्दू नेपालीका घर–घरमा श्री स्वस्थानीको ब्रत कथा प्रारम्भ भएको छ ।आजदेखि माघशुक्ल पूर्णिमा सम्म श्रद्धाभक्तीपूर्वक श्रीस्वास्थानी परमेश्वरीको पूजाआराधना गरी कथा सुन्ने–सुनाउने गरिन्छ ।
सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊ भनी बालुवाको शिवलिङग बनाई श्रीस्वस्थानीको ब्र्रत गरेको र मनोकाङ्क्षा पूर्ण भएपछि पार्वतीकै आज्ञा अनुसार लोककल्याणका लागि पृथ्वीलोकमा पनि श्रीस्वास्थानीको ब्रत प्रारम्भ गरिएको धामिर्क विश्वास छ ।यस पर्वमा विशेष गरी महिलाहरुले महिना दिन सम्म हरेक दिन बिहान सबेरै उठी स्नान गरेर नित्य मध्यान्हकालमा महादेवको पूजा आराधना गर्नै गर्दछन ।
श्री स्वास्थानी परमेश्वरीको ब्रत बस्नाले यस लोकमा सुख, समृद्धी प्राप्त भई मृत्युपछि कैलाशमा वास हुने विश्वास गरिन्छ ।यस उपलक्ष्यमा काठमाडौँबाट करिब चार कोस पूर्व शालीनदीमा महिनाभर विशेष मेला लाग्ने गर्दछ भने कतिपय महिला त्यहीँ बसेर विशेष विधिपूर्वक श्री स्वस्थानीको ब्रत बस्छन् ।
