सरकारको नेतृत्व पाए संविधानसभाको निर्वाचन हुन्छ:पौडेल

Read Time:1 Minute, 7 Second

पोखरा, माघ १३

नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सरकारको नेतृत्व काँग्रेसले पाए आगामी जेठ १५ गते भित्र संविधानसभाको निर्वाचन गराउने ग्यारेन्टि लिने बताउनु भएको छ । एकिकृत माओवादी इमान्दार भएर कांग्रेसलाई सत्ता हस्तान्तरण गरे निर्बाचन गर्न कठिन नभएको उहाको दाबी छ ।

पोखरा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपसभापति पौडेलले एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्ड आफ्नो भनाइमा इमान्दार भए जेठ १५ भित्र चुनाव गराउनका लागि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्नै पर्ने बताउनुभयो । काँग्रेसले चुनाव गराउन सक्छ भन्ने डरले माओवादीले सरकार नछाडेको भन्दै पौडेलले प्रचण्डलाई चुनावसँग नडराउन आग्रह गर्नुभयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %