संविधानका विषय वस्तुहरुको वारेमा छलफल तथा अन्र्तक्रिया कार्यक्रम

Read Time:2 Minute, 20 Second

गोविन्द घर्ति

माघ १३, विघटीत संविधान सभाको कार्यकालमा भएका सहमित र सहमति हुन नसकेका संविधानका विषय वस्तुहरुको वारेमा छलफल तथा अन्र्तक्रिया कार्यक्रम रुपन्देहीको केरवानीमा सम्पन्न भएको छ । संविधान सूचना केन्द्र पाल्पाको आयोजनामा भएको कार्यक्रममा केन्द्रका प्रमुख तथा कानुन विद् वावुराम शर्माले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा बोल्दै केरवानी गाविसका भूतपुर्व अध्यक्ष निलकण्ठ पौडेलले यस्ता खालका कार्यक्रमले संविधान निर्माण प्रक्रियामा नागरिकहरुको सहभागिता जुटाउन सहयोग पुग्ने बताउनु भयो । केन्द्रका जनसम्पर्क अधिकृत खुमा न्यौपानेको संचालनमा भएको कार्यक्रममा केरवानी उपस्वास्थ्य चौकीका ईन्चार्ज ईश्वरी ढुगाना, राष्ट्रिय जनमुक्ति पार्टीका संघीय सदस्य दल बहादुर विरकट्टा, महामाया भवानी उच्च माविका शिक्षक लिलावल्भव भट्टराई, प्रजापति सापकोटा, रमादेवी न्यौपाने, जागेश्वर पंगेनी, बोधराज गौडेल, प्रेम नारायण केवट, नाथु प्रसाद चौधरी, दुर्गा बहादुर क्षेत्री, निर्मला चौधरी लगायतले बोल्नु भएको थियो । त्यसैगरी कार्यक्रमका अन्य वक्ताहरुमा विष्णु ज्ञवाली, झविन्द्रप्रसाद पाण्डे, केदार काप्mले, तेज बहादुर नेपाली, तेजलाल डुम्रे, श्याम बहादुर विक, लक्ष्मी पंगेनी, गणेश कुमार खाती, कुल बहादुर दर्लामी रहनु भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले संविधानको अन्तरवस्तुलाई सर्वसाधारणले पनि बुझ्न सकेमा संविधान निर्माणको प्रक्रियामा सहजता थपिने बताउनु भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %