काठमाण्डौ,माघ १३
पार्टिका नेताहरुको सम्पती छानबिन गर्न गठन भएको एकिकृत नेकपा माओबादीको सम्पती छानबिन आयोगले सात महिना बितिसक्दा समेत आफ्नो प्रतिबेदन सार्बजनीक गर्न सकेको छैन् । बिभिन्न बाहानामा प्रतिबेदन सार्बजनीकको मिती सार्दै आएको आयोगले अहिले महाधिबेशन नजिएको भन्दै सम्पती छानबिनको बिषय पर सारेको हो ।
पार्टिका शिर्ष नेता देखि बिभिन्न जिल्लामा गएर कार्यकर्ता समेतको सम्पती छानबिन गरी स्थलगत रिपोर्ट तयार पारेको बताउदै आएको आयोगले प्रतिबेदन भने सार्बजनिक गर्न सकेको छैन । अहिले महाधिबेशन नजिएको भन्दै आयोगका पदाधिकारी नै सम्पती छानबिनका बिषयमा खुलेर बोल्न चाहेका छैनन् ।
आयोगका संयोजक अमिक शेरचनले पार्टिका सबै नेता कार्यकर्ता महाधिबेशनको तयारीमा लागेकाले यस बिषयमा कुनै छलफल गर्न नभ्याएको बताउनु भयो । महाधिबेशनको निहुमा सम्पती छानबिनको प्रतिबेदन सार्बजनिक मिती अनिश्चित पार्न नहुने भन्दै तत्काल प्रतिबेदन सार्बजनिक गर्न कार्यकर्ताहरुले माग गर्दै आएका छन् । सातौँ बिस्तारीत बैठकमा कर्यकर्ता र पूर्ब लडाकुले शिर्ष नेताहरुको सम्पती छानबिन गर्न चर्को माग गरे पछि सात महिना अघि आयोग गठन गरिएको थियो ।
