पाल्पा, माघ १३
आज जनवरी २६, भारतको ६४औं गणतन्त्र दिवस । भारत लगायत बिभिन्न देशमा रहेका भारतीय दुतावसमा आज विशेष कार्यक्रम गरी गणतन्त्र दिवस मनाइएको छ । अमेरिकी उपनिवेशको अन्त्य भएपछि सन १९५० को जनवरी २६ मा भारतमा पहिलो पटक नयाँ संविधान लागु भएको थियो ।त्यसयता आजकै दिन अर्थात जनवरी २६ मा गणतन्त्र दिवस मनाउने गरिएको छ । यसलाई भारत सरकारले राष्ट्रिय पर्वका रुपमा मनाउने गरेको छ । यसैबीच नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले विज्ञप्ति मार्फत् भारत विश्वको सबैभन्दा विशाल र सदैव स्थिर लोकतान्त्रिक मुलुकको रूपमा रहँदै आएको उल्लेख गर्दै भारतको अर्थतन्त्र लगातार बढ्दै गएकोले निर्धारण गरिएका लक्ष्यहरू प्राप्त गर्न सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले लोकतान्त्रिक, समुन्नत एवम् समृद्ध नेपाल निर्माणका लागि शीघ्र निर्वाचन सम्पन्न गर्ने प्रयास र नयाँ संविधान लेख्ने काममा जुटेका नेपाली जनता र सरकारलाई भारतीय जनता र सरकारका तर्फबाट शुभकामना पनि व्यक्त गर्नुभएको छ ।
