काठमाण्डौ,माघ १३,एकिकृत नेकपा माओबादी नेतृत्वको सरकार विरुद्ध आन्दोलित विपक्षी दलहरुले आज मुलुकभर विरोध प्रदर्शन गरेका छन । सहमतीय सरकार बनाएर नयाँ निर्वाचन गराउन नसकेको जनाउँदै विपक्षी दलहरुले आज मुलुकभर प्रदर्शन गरेका हुन् । उनिहरुले तत्काल निर्वाचनको वातावरण बनाउन, पत्रकार डेकेन्द्रराज थापाका हत्यारालाई कारवाही गर्न, महिला हिंसा नियन्त्रण, महंगी घटाउन, काुननी शासन कायम गर्न माग गर्दै विरोध र्याली, विरोध सभा लगाएतका कार्यक्रमहरु गरेका छन । कांग्रेस, एमाले, माले, राप्रपा, राजपा, राष्टिय जनमोर्चा लगाएतका दलहरुले जिल्ला जिल्लामा सरकार विरोधी आन्दोलन चर्काउन केन्द्रिय नेताहरुलाई जिल्ला जिल्ला पठाएका छन ।
यसैविच पाल्पामा पनि नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज संयुक्त रुपमा सरकारका विरुद्ध प्रर्दशन गरेका छन् । तानसेनको टुडिखेलबाट सुरु भएको दलहरुको विरोध र्याली नारायण स्थान, सित्तलपार्टी, बैंक रोड, पेट्रोल पम्म, हुदै आन्दोलान चोकमा आएर कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्ने दलका नेताहरुले र्बतमान सरकारको वहीरगमन र सहमतिय सरकार गठन नहुदा सम्म आफ्नो आन्दोलन जारी रहने बताएका छन् ।
