देवदह गाविसको १८ औं गाउँ परिषद सम्पन्न

Read Time:3 Minute, 1 Second

गोविन्द घर्ति

रुपन्देही माघ १३ , देवदह गाविसको १८ औं गाउँ परिषद सम्पन्न भएको छ । गाउँ परिषदमा बोल्दै रुपन्देहीका पुर्व स्थानीय विकास अधिकारी नारायण प्रसाद ज्ञवालीले भगवान गौतमको मावली स्थल देवदह रुपन्देही र नेपालको मात्र नभई विश्वको लागि महत्वपूर्ण स्थान रहेको बताउनु भयो । उहाले देवदह क्षेत्र कृषि उत्पादनको लागि महत्वपूर्ण स्थान र व्यापारी केन्द्रको रुपमा स्थापित हुदै गएको बताउनु भयो । ज्ञवालीले देवदहलाई नगरपालिकाको लागि मन्त्रालयमा सिफारिस गरीएकोले कानुनीरुपमा मात्र घोषणा हुन वाकी रहेको दावी गर्नु भयो । गाउँ परिषदमा बोल्दै कोलिय वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रकाश अर्यालले देवदह गाविस पर्टकीय र कृषिको पकेट क्षेत्र भएपनि गाविसले वेवास्ता गरेको बताउनु भयो । उहाँले जनप्रतिनिधि विहिन भएको अवस्थामा राजनैतिक दलका केही पहुच भएका व्यक्तिहरुले मात्र विभिन्न अवसर लिने गरेको बताउनु भयो । देवदह गाविसका सचिव वव्रुवहान सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य सिद्धिचरण भट्टराई, एकिृकत माओवादीका जिल्ला सदस्य शालिकराम तिवारी, रेडियो देवदहका वरिष्ठ उपाध्यक्ष ऋषिराम सापकोटा, वडा नागरिक मञ्चका टिका गौतम, देवदह प्रहरी चौकीका प्रमुख चोपनारायण खनाल लगातयले बोल्दै देवदह गाविसले सवै क्षेत्रको विकासमा बजेट विनियोजन गर्न नसकेको बताउदै गरिव बस्ती सम्म बजेट पुर्याउनु पर्नेमा जोड दिएका थिए । गाउँ परिषदमा आर्थिक वर्ष २०६९-०७० को लागि १ करोड १५ लाख ८१ हजार १ सय ९२ बरावरको अनुमानित बजेट विनियोजन गरेको छ । त्यसैगरी आर्थिक वर्ष २०७०-०७१ को लागि १ करोड ६८ लाख १८ हजार ३ सय ८६ बरावरको अनुमानित बजेट प्रस्तुत गरिएको थियो । लेखा सहायक सृजना वलीको संचालन र देवदह उपस्वास्थ्य चौकीका प्रमुख जयकिशन अधिकारीको स्वागतमा भएको कार्यक्रममा रुपन्देहीका पुर्व स्थानीय विकास अधिकारी नारायण प्रसाद ज्ञवालीलाई सम्मान गरिएको थियो । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %