दोलखा
माघ १३एमाले नेता केपी ओलीले एकीकृत माओबादीले पुर्व सम्झौताहरु च्यातिसकेकाले अहिलेको अबस्था आएको बताउनु भएको छ । अब कुनै पनि सम्झौताहरु च्यात्न बांकी नरहेको भन्दै नेता ओलीले सम्झौता च्यात्छौ भन्ने धम्की नदिन एकीकृत माओबादी अध्यक्ष प्रचण्डलाई सुझाव दिनुभयो ।
दोलखामा आज पत्रकारहरुसंग कुरा गर्दै नेता ओलीले फेरि क्रान्ति गर्छु र सम्झौता च्यात्छु भन्ने एकीकृत माओबादीले दिएको धम्कीले बिपक्षीहरु नडराउने बताउनुभयो । पत्रकार डेकेन्द्रलाई ज्युदै गाडेर मार्दा समेत कुनै पश्चाताप नगर्ने प्रधानमन्त्रीले द्धन्द्धकाल र शान्ति प्रकृयाका लागी भन्दै अपराधि छुटाउन खोज्नु नौलो कुरा नभएको अोलीको भनाई छ ।
यस्तै एमालेका अर्का नेता सदस्य भिम रावलले विगतका राजनैतिक सहमतीलाई कार्यान्वन गर्नु अहीलेको एक मात्र विकल्प भएको बताउनुभएको छ । सरकारका बिरुद्धमा आन्दोलन गर्न रहर नभई बाध्यता भएको बताउँदै उहाँले एकीकृत नेकपा माओबादीले बिगतमा भएका सहमती, समजदारी भाँडदै गएकाले आन्दोलन गर्नु परेको रावलको भनाइ छ । डोटीमा भएको पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले बिपक्षीदलहरुले आन्दोलन र जनपरीचालन मात्र होईन बार्ता र सहमतीको पक्षमा पनि सदैव रहेको बताउनु भएको छ ।
