अमेरिकामा माघे संक्रान्ति पर्ब धुम धाम मनाइयो

जनवरी १२, शनिवार  २०१३ मा मगर संघ अमेरिकाको आयोजनामा  मेरिलैंड राज्यको बाल्टिमोर शहरमा माघे संक्रान्ति पर्ब धुम धाम संग मनाईयो । न्युयोर्क, न्युजर्सी, पेन्सिलभेनिया तथा मेरिलैंड र भर्जिनिया बाट  एक  सय भन्दा बढीको उपस्थिति रहेको सो कार्यक्रममा सस्थाको सल्लाहकार संगिनी राना मगर ले माघे संक्रान्तिको बारेमा जानकारी गराउदै हाम्रो रिति-रिवाज र सस्कृति नै हामीलाई पुर्खाले दिएको अमुल्य उपहार हो, सम्पति हो भन्दै हामीले हाम्रो सस्कृति र रिति- रिवाजको संरक्षण र सम्बर्दन गर्न अग्रसर हुनु पर्ने कुरामा जोड दिनु भयो । सस्थाको अध्यक्ष क्या. दल बहादुर रोका मगर ले नेपालीहरुको रास्ट्रीय चाड मध्ये माघे संक्रान्ति विश्व भरिका मगर हरुले बिशेष महत्वका साथ मनाउदै आएको पर्ब भएकोले मगर संघ अमेरिकाले पनि  २०१०  देखि माघे संक्रान्ति पर्ब प्रत्येक वर्ष अमेरिकाको विभिन्न शहरमा मनाउदै आएको जानकारी गराउदै कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नु हुने तथा उपस्थित सबैलाई हार्दिक धन्यबाद ब्यक्त गर्नु भयो । उता क्यालिफोर्नियामा सस्थाको प्रथम उपाध्यक्ष बखन थापा मगरको निवासमा लस  एञ्जलस क्षेत्रका मगर हरुको उपस्थितिमा घरमै तयार गरिएको नेपाली परिकारहरुको साथमा माघे संक्रान्ति धुमधाम संग मानाइयो ।  

कार्यक्रममा नृत्य  प्रतियोगिता, स्कुल स्तरका भाइ बहिनि हरुलाई नेपाली  सस्कृति प्रति आकर्सित गराउन नेपाली  गीतमा नृत्य प्रतियोगिता आयोजना गरिएको थियो ।प्रतियोगितामा प्रथम अनिशा घर्ति मगर पेन्सिलभेनिया, दोस्रो सिर्जना थापा मगर न्युजर्सी र तेस्रो सितल तुलाचन बाल्टिमोर तथा बाह्र  बर्ष  मुनिका बिजेता निर्जल थापा मगर न्युजर्सी लाई  आकर्षक ट्रफी प्रदान गरियो । प्रतियोगिता मा सहभागी गीता थापा मगर न्युजर्सी र सजनी रोका मगर बल्तिमोर लाई पनि सहभागिताको लागि ट्रफी प्रदान गरि धन्यबाद दिइयो  । नृत्य प्रतियोगिता कार्यक्रम सस्थाको सचिब बेक पुर्जा मगरले संचालन गरेका थिए । त्यस्तै बिधार्थी तथा बालबालिका बिभाग संयोजक यज्ञ थापा मगर को सक्रियतामा मसिना केटा केटीहरुको लागि बिभिन्न नेपाली  चित्रहरुमा रंग भर्ने र चित्र पहिचान गराउने जस्ता प्रतियोगिता गराई हौसलाको लागि विभिन्न गिफ्ट प्रदान गरियो । तरुल, सेलरोटी, आलुदम,अचार अनि कार्यक्रम स्थालमै गरिएको बार्बिक्यु (ससेज, विङ्ग्स), कार्यक्रम हलकै चुलोमा पकाइएको दाल भात र खसीको मासुको स्वाद संगै न्युयोर्क बाट जानु भएकी तारा चिदी मगरको आकर्षक नृत्य तथा भर्जिनिया बाट आउनु भएकी  मन्जु  पुन मगर र बाल्टिमोर निवासी श्याम गुरुङ को गितमा सबैले रमाइलो गरेका थिए ।

समाचार / तस्बिर: मान राना मगर