काठमाण्डौ,माघ १२
सत्तारुढ घटक संयुक्त लोकतान्त्रीक मधेसी मोर्चाले मधेसमा जनपरिचालन गर्ने निर्णय गरेको छ । गोकर्णमा सम्पन्न तीनदिने बैठकको बिषयमा जानकारी दिन आज गरिएको पत्रकार सम्मेलनमा मोर्चाले चारबुँदे सम्झौता कार्यान्यवनमा जोड दिने निर्णय गरेको भन्दै मधेसमा जनपरिचालन गर्ने निर्णय गरेको जानकारी दिईएको हो ।
मोर्चाले समावेशी लगायतका अध्यादेश स्वीकृत गर्न राष्ट्रपतिलाई दबाव दिने निर्णय समेत गरेको छ । पत्रकार सम्मेलनमा तमलोपाका अध्यक्ष महन्थ ठाकुरले आफूहरु मधेसको मुद्दाबाट पछि नहट्ने बताउनुभयो । उहाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको तर मधेसी मोर्चा जुनसुकै विकल्पमा पनि छलफल गर्न तयार रहेको उल्लेख गर्नुभयो ।
