गोविन्द घर्ति देवदह माघ १२ । नेकपा एमालेका पोलिटव्युरो सदस्य छबिलाल बिश्वकर्माले भट्टराई नेतृत्व सरकारको दिनगन्ती शुरु भएको बताउनु भएको छ । सरकारविरुद्ध भैरहवामा भएको संयुक्त आन्दोलनलाई सम्वोधन गर्दै उहाँले पदमुक्त भएको काम चलाउ सरकारले हत्या, हिंसा, आतङक बढाएको भन्दै अव जनताको वलबाट त्यस्तो सरकारलाई कुर्चिबाट हटाउने बताउनु भयो । नेता बिश्वकर्माले सरकारले तत्काल राजीनामा नदिए सयुक्त आन्दोलनले नै सरकारलाई बढारिदिने चेतावनी समेत दिनुभयो । सोही अवसरमा वोल्दै नेपाली काग्रेसका केन्द्रिय सदस्य कृष्णचन्द्र नेपालीले भट्टराई नेतृत्वको सरकारलाई तत्काल ठाउँ खाली गर्न आग्रह गर्नुभयो । नेता नेपालीले प्रेस स्वतन्त्रता बिरोधी बर्तमान सरकार ईतिहास कै नालायक सरकार भएको टिप्प्णी गर्नुभयो । उहाँले पत्रकार डेकेन्द्र थापाका हत्यारालाई कानुनी कार्वाही नगर्दा सम्म आन्दोलन पछि नहट्ने दावी गर्नुभयो । कार्यक्रममा काग्रेस सभापति अब्दुल रज्जाक, एमाले अध्यक्ष भोज प्रसाद श्रेष्ठ, राप्रपा सभापति सागर प्रताप राणा, जनशक्ति पार्टीका सभापति शेर बहादुर क्षेत्रि, मालेका गोपाल मणि पौडेल, राष्ट्रिय जनमोर्चाका बद्रे आलम लगाएतले बर्तमान सरकारलाई तानाशाहको हालतमा पुयाईदिने चेतावनी दिनु भएको थियो । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माले), राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा देशभर प्रदर्शन गरेका हुन् । भैरहवामा भएको प्रदर्शनमा आ–आफ्ना पार्टी कार्यालयबाट निकालेको जुलुश जिल्ला प्रशासन कार्यलयमा पुगेर कोणसभामा परिणत भएको थियो । यसैविच दैलेखका पत्रकार डेकेन्द्र थापाका हत्यारालाई कार्वाहीको माग गर्दै नेपाल प्रेस युनियन रुपन्देहीले भैरहवामा बिरोध प्रर्दशन गरेका छन् । युनियनले भैरहवाको नयां सडकबाट निकालेको बिरोध जुलुस जिल्ला प्रशाशन कार्यालय अगाडि गएर रोकिएको थियो । सो अबसरमा बोल्दै पत्रकार थापाका हत्यारालाई कार्वाही गर्न माग गर्दै प्रेस स्वतन्त्रता रक्षाको माग गरेका छन् ।
भट्टराई नेतृत्व सरकारको दिनगन्ती शुरु:बिश्वकर्मा
Read Time:3 Minute, 7 Second
