ब्यबशायीका कुरा

Read Time:2 Minute, 12 Second

 माघ १२,नेपाल उद्योग बाणिज्य महासंघका कार्यबाहक अध्यक्ष भाष्करराज राज कर्णीकारले सरकारले ल्याउन लागेको डिजलप्लान्टको जिम्मा निजि क्षेत्रलाई दिनुपर्ने बताउनुभएको छ । सरकारले प्लान्ट खरिद गरि आयात गरेमा आर्थिक चलखेल हुन सक्ने भन्दै निजी क्षेत्रलाई जिम्मा दिएमा आफूहरु सहकार्य गर्न तयार रहेको औल्याउनुभयो । बिहिबार बुटवल उद्योग बाणिज्य संघमा यसक्षेत्रका उद्योगि ब्यापारिका बिचमा भएको क्षलफल तथा भेटघाटकाका क्रममा कर्णिकारले उक्त कुरा बताउनुभएको हो ।

उहाले पछिल्लो समयमा संक्रमणकाल लम्बिदै जांदा सोचेजस्तो आर्थिक उन्नती हुन नसकेपनि सरकार संगको सहकार्य भने सतप्रतिशत रहेको बताउनुभयो । डिजेल प्लाण्ट बनाउने विषयमा उद्योगी व्यावसायीबीच फरक फरक धारणा आएको स्वीकार गर्दै उहाले अब उर्जाको विषय महंगो वा सस्तोको विषय नभई अनिवार्य आवश्यकताको कुरा भएकाले निजी क्षेत्रले डिजेल प्लाण्टको विरोध गर्नु उचित नहुने तर्क गर्नुभयो ।

महासंघले उर्जा संकट समाधानका लागि २५ वर्षे रणनीति समेटेर श्वेतपत्र तयार पारेको र केही दिनमै सरकारलाई बुझाउने पनि उहाले जानकारी गराउनुभयो  । सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा  पनि सकारात्मक परिवर्तन आएको उहाको भनाई छ । सरकारसंगको सघन सहकार्य र छलफलका कारण एकीकृत माओवादी जस्तो उदार अर्थतन्त्र विरोधी पार्टीलाई पनि विचलन गराएर खुला र उदार अर्थतन्त्रको पक्षमा ल्याउन महासंघ सफल भएको राजकर्णिकारले बताउनुभयो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %