हुम्ला, माघ १२ ,
एकीकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिपक्षी गठबन्धनले मुलुकलाई प्रतिक्रान्तीतर्फ डोराउन खोजेको आरोप लगाउनुभएको छ । हुम्ला जिल्लाको अबिधेशन उद्घाटन गर्दै प्रचण्डले प्रतिक्रान्तिकारी हर्कतविरूद्ध एकजुट हुन जनता र कार्यकर्तालाई आग्रह समेत गर्नुभयो । उहाले बिपक्षीले प्रतिक्रान्ति र आफुहरुले क्रान्तिको नेतृत्व गरेकाले जित भने क्रान्तिकारीको शक्तिकै हुने दाबी गर्नुभयो ।
त्यस्तै प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुलाई जनताको काम छिटोछरितो र पारदर्शी ढङ्गले गर्न निर्देशन दिनुभयो । कर्णाली राजमार्गलाई नेपाली सेनाको जिम्मामा दिने बताउँदै उहाँले सरकारले कर्णालीको पाँच जिल्लालाई सडक मार्गमा जोड्ने कार्यलाई प्राथमिकता दिइरहेको बताउनुभयो । २१ वर्षपछि हुन लागेको महाधिवेशनपूर्व केन्द्रमा आफूहरु एक ढिक्का भएको सन्देश दिदै एमाओवादी नेतृत्व एकसाथ जिल्ला अधिवेशनमा सहभागी हुदै आएको छ ।
