नेपालगन्जमा बिरोध रयाली:पत्रकार डेकेन्द्र थापाको हत्यारालाइ कारबाइ गर

Read Time:1 Minute, 27 Second

दीपा आले

नेपालगन्ज माघ १२,पत्रकार डेकेन्द्र थापाको हत्यारालाई कारवाही गर, दण्डहिनताको अन्त्य गर भन्दै आज नेपालगन्जमा पत्रकारहरुले विरोध रयाली प्रर्दशन गरेका हुन् ।  नेपाल प्रेस युनियन बांके शाखाको आयोजनामा भएको उक्त विरोध रयाली विपि चौकबाट सुरु भई धम्बोझी चौकमा गएर कोणसभामा परिणत भएको थियो । विरोध रयालीमा बोल्दै पत्रकारहरुले वर्तमान सरकारले पत्रकारको सुरक्षा गर्नु पर्नेमा झनै अन्याय गरेको भन्दै दण्डहिनता बढेको बताएका थिए । उनीहरुले राज्यको शक्ति दुरुपयोग गरेर वर्तमान सरकारले पत्रकारमाथि ज्यादती गरेकोमा खेट प्रकट गर्दै दण्डहिनताको अन्त्य गर्नु पर्ने, पत्रकार डेकेन्द्र थापाको हत्यारालाई कारवाही गर्नु पर्ने । प्रेस स्वतन्त्रताको रक्षा हुनु पर्ने र पत्रकारहरुले स्वतन्त्र भएर कलम चलाउन पाउनु पर्ने, देशमा शान्ति सुरक्षा कायम गर्नु पर्ने बातावरणको सिर्जना गर्नु पर्ने भन्दै सरकार संग माग राखेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %