देबपाटा मगरको तेश्रो स्मृति दिवस फागुन १४मा

Read Time:1 Minute, 22 Second

गोविन्द घर्ति

रूपन्देहि, माघ १२, नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) रुपन्देहीको बैठक बुटवलमा सम्पन्न भएको छ । अनिज रुपन्देहीका अध्यक्ष भिम गुरुङ्गको अध्यक्षतामा बसेको बैठकले फागुन १५ गते भित्र सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण गर्ने निर्णय गरेको छ । त्यसैगरी संघका संस्थापक अध्यक्ष देवपाटाको तेश्रो स्मृति दिवस फागुन १४ गते मनाउने निर्णय गरेको छ । बैठकले चैत्रमसान्त सम्म अनिज रुपन्देहीको अधिवेशन गर्ने र केन्द्रीय समितिले सर्कुर गरेको पत्रलाई कार्यान्वयन गर्ने निर्णय गरेको छ । बैठकले पत्रकार डेकेन्द्र थापाको हत्यारालाई कार्यवाही गर्नु पर्ने पत्रकार महासंघले संचालन गरेको विरोधको कार्यक्रममा ऐक्यवद्धता जाहेर गर्ने निर्णण गरेको छ । सचिव टेक मास्की रानाको संचालनमा भएको बैठकमा अनिजका पश्चिमाञ्चल सदस्य लोकनेश ढेगाको उपस्तिी रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %